News Portal

मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली–देउवाको तयारी

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाडौं। सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ।

अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ। मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन्।

मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको हो। तर, अहिले सरकारसँग जनमतको सम्बन्ध बिग्रिँदो छ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत सरकारविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन्। रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै राउतले सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए।

उनले राज्यले लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन्। राउतले हिजोमात्रै पार्टीको सचिवालय बैठकमार्फत सरकारविरुद्ध देशव्यापी आन्दोलन छेड्ने घोषणा गरेका छन्।

राउतको यस्तो निर्णयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मधेश सरकारको नेतृत्व फेर्ने गृहकार्य थालेको बालुवाटरनिकट उच्च स्रोतको दाबी छ। कतिपयले मधेश सरकारको नेतृत्व कसले लिने भन्नेबारे कांग्रेस र एमालेबीच छलफल भएको छ।

हिजोको बालुवाटारको भेटवार्तामापनि यो विषयमा छलफल भएको बताईन्छ। प्रधानमन्त्री ओली मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको दललाई दिनपनि राजी भएको बुझिएको छ।

अहिले उपेन्द्र यादव केन्द्र सरकारकै पक्षमा छन्। उनले सरकारलाई विश्वासको मत दिएका छन्। तर, केन्द्र सरकारमा सहभागी छैनन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...