News Portal

नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौँ। समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार उक्त कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो।

राष्ट्र बैंकले सेवा रेमिट प्रालिलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप विनियम (१०) खण्ड (ङ) बमोजिम खारेज गरेको हो।

खण्ड (ङ) मा इजाजतपत्रको म्याद गुज्रिएको मितिले १८० दिनभित्र नवीकरणका लागि निवेदन पेस नगर्ने विप्रेषण कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सेवा रेमिटको इजाजपत्र खारेज भएको हो। सो कम्पनीले उक्त विनियमविपरीत नवीकरणका लागि कुनै पनि निवेदन पेस नगरेपछि इजाजतपत्र स्वत: खारेज भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सो रेमिटबाट कुनै पनि कारोबार नगर्न निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...