News Portal

नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौँ। समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार उक्त कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो।

राष्ट्र बैंकले सेवा रेमिट प्रालिलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप विनियम (१०) खण्ड (ङ) बमोजिम खारेज गरेको हो।

खण्ड (ङ) मा इजाजतपत्रको म्याद गुज्रिएको मितिले १८० दिनभित्र नवीकरणका लागि निवेदन पेस नगर्ने विप्रेषण कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सेवा रेमिटको इजाजपत्र खारेज भएको हो। सो कम्पनीले उक्त विनियमविपरीत नवीकरणका लागि कुनै पनि निवेदन पेस नगरेपछि इजाजतपत्र स्वत: खारेज भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सो रेमिटबाट कुनै पनि कारोबार नगर्न निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...