News Portal

दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने आनाकानी

हिमालीसंचार संवाददाता
२१७ पटक

रंगेली–  ईलाका प्रहरी कार्यलय रंगेलीले घटना गराउने चालक र माेटरसाईकललाई सात दिन बितिसक्दा समेत नियन्त्रण नलिदा पिडित परिवारले बिहीबार जाहेरी दिएका छन।

रंगेली नगरपालिका ७ बस्ने वर्ष ५० का देवमणि कटुवाल लाई गत असाेज २४ गते रंगेली८ दर्वेशा चाेक नजिकैमा रहेको पोखरी अगाडिको नाला छेउमा राति ६ :३० बजे दर्वेशा बाट रंगेली आउने क्रममा बजाज कम्पनीको निलो रंगको प्लेट नम्बर थाहा नभएको पल्सर   मोटर साईकलले अगाडीबाट ठक्कर दिएकाे जाहेरीमा उल्लेख गरिएको छ । कटुवाललाई साेहि स्थान बस्ने वर्ष ४३ को माधब राजबंशीले चलाएकाे माेटरसाईकल ले ठक्कर दिएकाे पिडितले बताएका छन ।

रंगेली प्रहरीलाई पिडित परिवारले बारम्बार ठक्कर दिने चालक र माेटरसाईकल लाई नियन्त्रणमा लिन प्रहरीलाई दवाव दिदा समेत प्रहरी कुनै सुनवाइ नगरेपछि पिडित परिवारले सवारी अंग भङ्ग सम्धीत कसुरमा मुद्दा हालेकाे परिवारले जनाएको छ ।घाइते कटुवालकाे शरीरको देब्रे पट्टिको टाउको,छाती र देब्रे खुट्टामा निकै नै भित्रि चोट पर्ने गरि मरणासन्न अवस्थामा पारि भागेको र घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराउंदै आएकाे र आईतवार पुनः थप उपचारका लागि न्युराे अस्पतालमा लैजाने परिवारले जनाएको छ ।

पिडित परिवारका अनुसार प्रहरीले दुर्घटना गराउने ब्यक्तिलाई भगाउन सहयोग गरेको आराेप समेत लगाउदै आईरहेकाे र पिडितकाे पक्षमा कुनै काम नगरेकाे पिडित हरुले आराेप समेत लगाउदै आईरहेका छन । प्रहरीले भने दुर्घटना गराउने चालक र सवारीकाे जसरी भएपनि खाेजिकार्य गर्ने र कानुनकाे दायरामा ल्याउन आफुहरु लागि परेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्ताेष कुमार खड्काले बताए ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...