News Portal

दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने आनाकानी

हिमालीसंचार संवाददाता
१७८ पटक

रंगेली–  ईलाका प्रहरी कार्यलय रंगेलीले घटना गराउने चालक र माेटरसाईकललाई सात दिन बितिसक्दा समेत नियन्त्रण नलिदा पिडित परिवारले बिहीबार जाहेरी दिएका छन।

रंगेली नगरपालिका ७ बस्ने वर्ष ५० का देवमणि कटुवाल लाई गत असाेज २४ गते रंगेली८ दर्वेशा चाेक नजिकैमा रहेको पोखरी अगाडिको नाला छेउमा राति ६ :३० बजे दर्वेशा बाट रंगेली आउने क्रममा बजाज कम्पनीको निलो रंगको प्लेट नम्बर थाहा नभएको पल्सर   मोटर साईकलले अगाडीबाट ठक्कर दिएकाे जाहेरीमा उल्लेख गरिएको छ । कटुवाललाई साेहि स्थान बस्ने वर्ष ४३ को माधब राजबंशीले चलाएकाे माेटरसाईकल ले ठक्कर दिएकाे पिडितले बताएका छन ।

रंगेली प्रहरीलाई पिडित परिवारले बारम्बार ठक्कर दिने चालक र माेटरसाईकल लाई नियन्त्रणमा लिन प्रहरीलाई दवाव दिदा समेत प्रहरी कुनै सुनवाइ नगरेपछि पिडित परिवारले सवारी अंग भङ्ग सम्धीत कसुरमा मुद्दा हालेकाे परिवारले जनाएको छ ।घाइते कटुवालकाे शरीरको देब्रे पट्टिको टाउको,छाती र देब्रे खुट्टामा निकै नै भित्रि चोट पर्ने गरि मरणासन्न अवस्थामा पारि भागेको र घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराउंदै आएकाे र आईतवार पुनः थप उपचारका लागि न्युराे अस्पतालमा लैजाने परिवारले जनाएको छ ।

पिडित परिवारका अनुसार प्रहरीले दुर्घटना गराउने ब्यक्तिलाई भगाउन सहयोग गरेको आराेप समेत लगाउदै आईरहेकाे र पिडितकाे पक्षमा कुनै काम नगरेकाे पिडित हरुले आराेप समेत लगाउदै आईरहेका छन । प्रहरीले भने दुर्घटना गराउने चालक र सवारीकाे जसरी भएपनि खाेजिकार्य गर्ने र कानुनकाे दायरामा ल्याउन आफुहरु लागि परेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्ताेष कुमार खड्काले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...