News Portal

  • लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन

    हिमालीसंचार संवाददाता
    १७५ पटक
    1. काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छन्।

    आइतबार सिंह दरवारस्थित मन्त्रालयबाट भर्चुअल बैठक गरी परराष्ट्र मन्त्री राणाले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी हुन्।

    सो बैठकमा मन्त्री डा. राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरु र उनीहरुका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन्।

    मन्त्री डा. राणाले नेपाली नागरिकको उद्धार,स्वदेश फर्कनुपर्ने भएमा तत्काल सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि पनि आवश्यक गृहकार्य गर्न निर्देशन दिएकी छन्।

    परराष्ट्रमन्त्री राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकता अनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न पनि निर्देशन दिएकी छन्।

    इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताएका छन्।

    त्यहाँ हाल करिब १ हजार २ सय नेपाली रहेका अनुमान गरिएको र उनीहरु मध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा ३ जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी गराएका थिए।

    इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब ४ हजार ५ सय नेपाली सुरक्षित रहेको बताए।

    सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...

    पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

    काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस...

    रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

    काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा...

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...