News Portal

  • एनआरएनए : आरके शर्मा पक्षले बोलायो बैठक

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा पक्षले अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक बोलाएको छ।

    भर्चुअल माध्यममार्फत बस्ने गरी आइतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको शर्माले जानकारी दिए।

    बैठकमा पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरूलाई आमन्त्रण गरिएको छ। बैठकका लागि ४ वटा एजेन्डा तय गरिएको उनको भनाइ छ।

    जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा तय गरिएको छ।

    उनका अनुसार बैठकबाट संघभित्र उत्पन्न परिस्थितिको विषयमा छलफल हुनुका साथै एनआरएनए डे मनाउने विषयमा आवश्यक निर्णय हुनेछ। एनआरएनहरुले अक्टोबर ११ लाई एनआरएनए डेको रुपमा मनाउँदै आएका छन्।

    यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गर्नेसहित शुभकामना आदान प्रदानसमेत बैठकका क्रममा हुने बताइएको छ।

    गैरआवासीय नेपाली संघमा चर्किएको विवाद समाधान हुन नसकेको अवस्थामा शर्मा पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको अवस्था छ।

    गत चैत २१ गते सर्वोच्चले संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्किएर शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न आदेश दिएपनि आफूहरूलाई काम गर्न नदिएको भन्दै बद्री केसी पक्ष फेरि सर्वोच्च गएको थियो।

    केसी पक्षको मुद्दामा साउन २२ गते सर्वोच्चले उनलाई काम गर्ने बाटो खुला गरिदिएसँगै संघभित्र फेरि अन्यौलता भएको थियो। यही बीचमा शर्मा पक्षले केसी पक्षले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको जिकिर गर्दै आफूचाहिँ आधिकारिक भएको दाबीसहित अर्को रिट निवेदन दर्ता गराएको थियो।

    सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश दिने प्रयोजनका लागि भने सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दाको पेसी अब कात्तिक ५ का लागि तोकिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...

    पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

    काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस...

    रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

    काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा...

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...