News Portal

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

को हुन् नवदुर्गाको तेस्रो रुप मानिने चन्द्रघण्टा देवी ?

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो।

दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ।

चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन्। चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

असत्य माथि सत्यको विजय गरी आफुले गरेको कामको सिद्धि गर्न सक्ने, आफुले गरेको यज्ञलाई पूर्ण गर्ने वा शुद्ध गर्ने काम यस रुपमा नवदुर्गाले गरेकी छन्। तसर्थ नवमीको दिन शक्तिपिठ तथा देविको पुजा आरधना गर्नाले यज्ञ पूर्ण तथा शुद्ध हुने र सिद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ।

को हुन् देवी चन्द्रघण्टा ?

नवदुर्गाको तेस्रो रुप चन्द्रघण्टा हो। चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्रछ। यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो।

घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ। यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ।

देवीले यस रुपमा सकारात्मक, नकरात्मक कुराको छानविन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानविनको सन्देश दिने काम गरेकी छन्। तसर्थ सम्पूर्ण शक्तिपिठ तथा देविको मन्दिरमा सन्देश बाहकको रुपमा घण्ट राख्ने प्रचलन छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...