आज : २०२६-०६-२८, आइतबार

मिर्गौला पीडित पत्रकार दियालीलाई आर्थिक सहयोग

काठमाडौँ। दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई नगद १ लाख ८२ हजार प्रदान गरेका छन्।

वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उनले अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा रोटरी क्लब अफ काठमाडौँ वेष्टका प्रेसिडेन्ट देशकुमार श्रेष्ठ पनि उपस्थित थिए।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबापत सम्पादक श्रेष्ठले प्राप्त गरेको १ लाख र रोटरी क्लब अफ काठमाडौँ वेष्टले प्रदान गरेको रु ८२ हजार समावेश गरी पत्रकार दियालीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण गर्दै सम्पादक श्रेष्ठले जीवनभर देश र जनताका लागि इमान्दीपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु अस्वस्थ हुँदा राज्यबाट उपेक्षित हुनु परेकामा चिन्ता व्यक्त गर्दै सहयोगको भावना जागृत गर्ने उद्देश्यले रोटरीसँगको समन्वयमा उक्त रकम प्रदान गरेको बताए।