News Portal

मिर्गौला पीडित पत्रकार दियालीलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौँ। दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई नगद १ लाख ८२ हजार प्रदान गरेका छन्।

वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उनले अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा रोटरी क्लब अफ काठमाडौँ वेष्टका प्रेसिडेन्ट देशकुमार श्रेष्ठ पनि उपस्थित थिए।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबापत सम्पादक श्रेष्ठले प्राप्त गरेको १ लाख र रोटरी क्लब अफ काठमाडौँ वेष्टले प्रदान गरेको रु ८२ हजार समावेश गरी पत्रकार दियालीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण गर्दै सम्पादक श्रेष्ठले जीवनभर देश र जनताका लागि इमान्दीपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु अस्वस्थ हुँदा राज्यबाट उपेक्षित हुनु परेकामा चिन्ता व्यक्त गर्दै सहयोगको भावना जागृत गर्ने उद्देश्यले रोटरीसँगको समन्वयमा उक्त रकम प्रदान गरेको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...