News Portal

  • तेस्रो आमन्त्रित अन्तर्राट्रिय सञ्जिवनी फुटसल प्रतियोगिता

    फस्ट स्टेप काठमाण्डौ, डार्जिलिङ युनाइटेड, ग्रेस फाउण्डेसन गाङटोक, डिआरएफसि धरान, एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनलमा भिड्ने

    बिकास चाम्लिङ राई
    ३११ पटक

    धरान। तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र डार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन।

    सञ्जिवनी केन्द्र धरानको आयोजनामा असोज ३ गते देखि सुरु भएको प्रतियोगितामा शुक्रवार भएको ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र डार्जिलिङ्ग युनाइटेडले डिआर एफसि धरानलाई टाइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन।

    डार्जिलिङ्ग युनाइटेड र डिआर एफसिले निर्धारित समय सम्म वरावर ३–३ गोल गरेपछि खेल टाइवेकरमा धकेलिएको थियो।

    रिकभरिङ्ग भेट्रान तर्फ गे्रस फाउण्डेसन गाङटोकले रिकभरिङ्ग व्रदस सिक्किमलाई १–० र डिआर एफसि धरानले आश्रय काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गदैै फाइनल प्रवेश गरेका हुन।

    प्रतियोगिताको फाइनल खेल आसोज ५ गते शनिवार विहान १० वजे देखि सुरु हुनेछ। प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ १४ टिम, भ्रेटान रिकभरिङ्ग तर्फ ७ टिम र महिला रिकभरिङ्ग तर्फ ३ टिमले सहभागिता जनाएको थियो।

    प्रतियोगितामा ओपन रिकभरिङ तर्फका विजेताले नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। भे्रटान तर्फका विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्राले २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

    महिला तर्फका विजेताले नगद २० हजार र दोस्रोले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।

    यसैगरि शुक्रवार नै संपन्न भेट्रान रिकभरिङ्ग तर्फको तेस्रो उपाधिको लागि भएको खेलमा आश्रय काठमाण्डौले सिक्किम व्रदस रिकभरिङ्गलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो उपाधि चुमेको छ।

    उपाधि संगै आश्रयले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। तेस्रो उपाधि विजेताहरुलाई शनिवार हुने फाइनल खेलपछि पुरस्कार प्रदान गरिने आयोजक सन्जिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी गराए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...