News Portal

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध सार्वजनिक उजुरी आह्वान

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौँ। संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ।

समितिले आज सूचना जारी गर्दै बेल्जियम र अस्ट्रेलियाका लागि सरकारले सिफारिस गरेका दुई राजदूतको विषयमा उजुरी आह्वान गरेको हो।

सरकारले सेवा लम्साललाई बेल्जियम र चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ।

‘उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपर्युक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत् सूचना वा उजुरी दिन यो सूचना प्रकाशित गरिएको छ,’ सुनुवाइ समितिले जारी गरेको सूचनामा भनिएको छ।

राजदूत सिफारिस भएकी लम्साल पराष्ट्र मन्त्रालयकी सचिव हुन् भने यादव पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ हुन्।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...