News Portal

  • गुल्मीमा नागरिकता र राहदानी लिनेको संख्या दोब्बर

    हिमाली संचार संवाददाता
    ६०३ पटक

    टोपलाल अर्याल
    गुल्मी : गत १ असोजदेखि कार्तिक २५ गतेसम्म १ हजार ४ सय ८४ जनाले नयाँ नागरिकता र ६ सय ६३ जनाले  प्रतिलिपी लिएका छन् । जुन यस आर्थिक वर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो ।

    नागरिकता लिनेहरुमा वैवाहिक अंगिकृत नागरिकता एकजना र नाबालक परिचय पत्र एक सय जनालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    गुल्मीले आर्थिक वर्ष ०७५/०७६ को अघिल्लो दुई महिना साउन र भदौमा ९ सय १४ नागरिकता वितरण गरेको थियो । जसमध्ये ४ सय ३१ नयाँ र ४ सय ८३ नागरिकताको प्रतिलिपी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए ।

    राहदानी लिने डेढ सयले बढी
    नागरिकतासँगै राहदानी पनि दसैँ-तिहारकै समयमा बढी प्रदान गरिएको प्रशासन कार्यालयसँग तथ्यांक छ । गत १ असोजदेखि कार्तिक २५ गतेसम्म साधारण आठ सय ३२ र द्रुत दुई सय ५३ गरी कुल एक हजार ८५ जनालाई राहादानी वितरण गरिएको छ ।

    आर्थिक वर्ष ०७५/०७६ को अघिल्ला दुई महिनाको तुलनामा दसैँ–तिहारको समयमा लिएको राहादानी सङ्ख्या एक सय ५१ ले बढी हो । साउन र भदौमा कुल नौ सय ३४ राहदानी सिफारिस गरिएको थियो । जसमध्ये ६ सय २० जनालाई सामान्य र दुई सय ७० जनालाई दु्रतसेवाको लागि राहादानी सिफारिस गरिएको राहादानी शाखाका नायव सुब्बा भुवन वस्नेतले बताए ।

    दसैं-तिहारमा करिब ७५ लाख राजश्व संकलन
    दसै–तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको संख्या बढेसँगै दुई महिनामा झण्डै ७५ लाख राजश्व संकलन भएको छ । जसमध्ये सबैै भन्दा धेरै राहदानीबाट संकलन भएको छ ।

    गत १ असोजदेखि कार्तिक २५ गतेसम्म राहदानी सिफारिसबाट ७२ लाख ७० हजार रुपैँया संकलन भएको प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

    जुन यस आर्थिक वर्षको अघिल्लो दुई महिनाको तुलनामा ४० लाख ९२ हजार पाँच सय रुपैंयाले बढी हो । अघिल्ला दुई महिनामा ३१ लाख ७७ हजार पाँच सय रुपैँया संकलन भएको कार्यालयले जनाएको छ ।

    त्यस्तै यही बीचको समयमा संघसंस्था नविकरणबाट पनि १ लाख ८३ हजार ९ सय ५५ रुपैया राजस्व संकलन भएको छ । जुन आर्थिक वर्ष ०७५/०७६ को साउन र भदौको तुलनामा १ लाख ५२ हजार ८ सय ५५ रुपैँयाले बढी हो । साउन र भदौमा संघ–संस्था नविकरणबाट ३१ हजार १ सय मात्र राजस्व संकलन भएको सुचना अधिकारी पाण्डेयले बताएको नयाँपत्रीकादैनिकमा समाचार छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...