News Portal

गुल्मीमा नागरिकता र राहदानी लिनेको संख्या दोब्बर

हिमाली संचार संवाददाता
६७८ पटक

टोपलाल अर्याल
गुल्मी : गत १ असोजदेखि कार्तिक २५ गतेसम्म १ हजार ४ सय ८४ जनाले नयाँ नागरिकता र ६ सय ६३ जनाले  प्रतिलिपी लिएका छन् । जुन यस आर्थिक वर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो ।

नागरिकता लिनेहरुमा वैवाहिक अंगिकृत नागरिकता एकजना र नाबालक परिचय पत्र एक सय जनालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीले आर्थिक वर्ष ०७५/०७६ को अघिल्लो दुई महिना साउन र भदौमा ९ सय १४ नागरिकता वितरण गरेको थियो । जसमध्ये ४ सय ३१ नयाँ र ४ सय ८३ नागरिकताको प्रतिलिपी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए ।

राहदानी लिने डेढ सयले बढी
नागरिकतासँगै राहदानी पनि दसैँ-तिहारकै समयमा बढी प्रदान गरिएको प्रशासन कार्यालयसँग तथ्यांक छ । गत १ असोजदेखि कार्तिक २५ गतेसम्म साधारण आठ सय ३२ र द्रुत दुई सय ५३ गरी कुल एक हजार ८५ जनालाई राहादानी वितरण गरिएको छ ।

आर्थिक वर्ष ०७५/०७६ को अघिल्ला दुई महिनाको तुलनामा दसैँ–तिहारको समयमा लिएको राहादानी सङ्ख्या एक सय ५१ ले बढी हो । साउन र भदौमा कुल नौ सय ३४ राहदानी सिफारिस गरिएको थियो । जसमध्ये ६ सय २० जनालाई सामान्य र दुई सय ७० जनालाई दु्रतसेवाको लागि राहादानी सिफारिस गरिएको राहादानी शाखाका नायव सुब्बा भुवन वस्नेतले बताए ।

दसैं-तिहारमा करिब ७५ लाख राजश्व संकलन
दसै–तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको संख्या बढेसँगै दुई महिनामा झण्डै ७५ लाख राजश्व संकलन भएको छ । जसमध्ये सबैै भन्दा धेरै राहदानीबाट संकलन भएको छ ।

गत १ असोजदेखि कार्तिक २५ गतेसम्म राहदानी सिफारिसबाट ७२ लाख ७० हजार रुपैँया संकलन भएको प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

जुन यस आर्थिक वर्षको अघिल्लो दुई महिनाको तुलनामा ४० लाख ९२ हजार पाँच सय रुपैंयाले बढी हो । अघिल्ला दुई महिनामा ३१ लाख ७७ हजार पाँच सय रुपैँया संकलन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै यही बीचको समयमा संघसंस्था नविकरणबाट पनि १ लाख ८३ हजार ९ सय ५५ रुपैया राजस्व संकलन भएको छ । जुन आर्थिक वर्ष ०७५/०७६ को साउन र भदौको तुलनामा १ लाख ५२ हजार ८ सय ५५ रुपैँयाले बढी हो । साउन र भदौमा संघ–संस्था नविकरणबाट ३१ हजार १ सय मात्र राजस्व संकलन भएको सुचना अधिकारी पाण्डेयले बताएको नयाँपत्रीकादैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...