News Portal

सानिमा बैंकले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने

हिमालीसंचार संवाददाता
२४१ पटक

धादिङ –  सानिमा बैंक मलेखु शाखाले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनिसा चेपाङ र नवीन श्रेष्ठलाई छात्रवृत्ति वितरणका लागि छनौट गरेको बैंकका मलेखु शाखाका प्रबन्धक रमेश पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति स्वरुप प्रतिमहिना दुई हजार सहित प्रत्येक विद्यार्थीलाई रु।५० हजार सम्मको छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्ति वितरणका लागी बैंकले विभिन्न निकायका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित छनौट समिति गठन गरेको थियो । सोहि समितिले चेपाङ र श्रेष्ठ लाई छात्रवृत्ति वितरणका लागी सर्वसम्मत रुपमा छनोट गरेको पण्डितले बताए ।

सानिमा बैंकले २०६८र६९ देखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ अध्ययनका लागि २र२ जना विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...