News Portal

  • सीआईबीले थाल्यो मितेरी सहकारीमा अनुसन्धान, तानिन सक्छन् धनराज

    ज्ञानु घिमिरे
    ३१७ पटक

    काठमाडौं। ललितपुरको मितेरी बहुउद्देश्यीय सहकारी संस्थामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अगाडि बढाएको छ।

    सीआईबीका प्रवक्ता एसपी होगेन्द्र बोगटीका अनुसार प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको प्रकरणमा अनुसन्धान अगाडि बढाएको हो।

    केही समयअगाडि नै मितेरीका अध्यक्ष कुम्भराज गुरुङ आफ्नो सहकारीमा कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी श्रीमती ज्योतिले रकम अपचलन गरेको भन्दै उजुरी गर्न पुगेका थिए।

    तर सीआइबीले उजुरीका लागि प्रमाण र तथ्यहरू नपुगेको भन्दै दर्ता गराएको थिएन। त्यसपछि कुम्भराजले सहकारी छानबिनका लागि बनेको संसदीय विशेष समितिमा उजुरी दर्ता गराएका थिए।

    समितिले गत भदौ ६ गते कुम्भराजको बयान लिएको थियो। तर यता सीआईबीमा आवश्यक कागजपत्र नपुगेका कारण उजुरी दर्ता भएको थिएन। प्रवक्ता बोगटीका अनुसार कुम्भराजलाई सही छाप गराएर यथेष्ट प्रमाणहरूका आधारमा उजुरी गर्न भनिए पनि त्यसो गरिसकेका छैनन्।

    ‘उहाँले ल्याएको उजुरीमा आवश्यक कागजपत्र नपुगेका कारण दर्ता भएको थिएन। प्रमाण लिएर आउनु भनेको आउनु भएको छैन’ , प्रवक्ता बोगटीले खबहबसँग भने, ‘प्रहरीले प्रारम्भिक छानबिन अगाडि बढाइसकेको छ। हामीले कुम्भराजलाई सम्पूर्ण कागजपत्र र फाइल लिएर आउनु भनेका छौँ। उहाँले प्रदेशमा दर्ता गराएको सहकारीको सम्पूर्ण विवरण र आफ्नो विवरण पनि लिएर आउँछु भन्नुभएको हो तर अहिलेसम्म आउनु भएन।’

    प्रवक्ता बोगटीका अनुसार उजुरी दर्ता नभएपनि प्रहरीले यसअघि नै छानबिन अगाडि बढाइसकेको थियो। ‘बाहिर हल्लामात्रै गर्दै हिँड्नुभएछ कुम्भराजजीले। हामीले मगाएका फाइल र प्रमाण ल्याउनुभएको थिएन’, उनले भने, ‘हामीले आज फेरि फोन गरेका छौँ। उहाँले लिएर आउँछु भन्नुभएको छ।’

    प्रवक्ता बोगटीले सीआईबीले उजुरी नलिएको भनेर सञ्चारमाध्यममा आएका समाचार पनि दुखेसो गरे। ‘अनुसन्धानको क्रममा रहेका विषयका सबै कुरा भन्नु उचित हुँदैन। यता अनुसन्धान चलिरहँदा उहाँले मिडियामा धेरै कुरा भन्दै हिँड्नुभयो’, उनले भने, ‘बाहिर भनेका तिनै कुरा पनि कुम्भराजले प्रहरीलाई भने दिनु भएन। दोषी जो कोही पनि छुट्दैनन्, हामीले अनुसन्धान अगाडि बढाइसकेका छौँ। ’

    यसअघि कुराकानीमा गुरुङले आफ्नो उजुरी सीआईबीले नलिएको बताएका थिए। कांग्रेस उपसभापति गुरुङकी श्रीमती ज्योतिले मितेरी बहुउद्देश्यीय सहकारी संस्थामा महाप्रबन्धक पदमा रहँदा बचतकर्ताबाट आएको रकम आफूखुसी झोलामा राखेर सहकारीको सर्भरमा इन्ट्री नगरेको कुम्भराजले बताएका छन्।

    ज्योति पछिल्लोपटक मितेरी सहकारी संस्थामा महाप्रबन्धकको जिम्मेवारीमा थिइन्। तर उनी ०७६ साल पुस १६ बाट सहकारीको कार्यालयमा पुगेकी छैनन्। गुरुङका अनुसार ज्योतिले बचतकर्ताले फिक्स डिपोजिटमा राख्न ल्याएको मोटो रकम झोलामा राखेर हिँडेकी हुन्।

    ज्योतिले बचत रकम अपचलन गरेको थाहा पाएपछि सहकारीले २०७६ पुस १६ गते समितिका बोर्ड मेम्बर र उनका पति धनराजलाई साथमा राखेर ज्योतिलाई सोधेका थिए।

    त्यस बेला ज्योतिले आफूले रकम अपचलन गरेको स्वीकार गरेको कुम्भराजको दाबी छ। त्यसपछि उनले रकम अपचलन गरेर कुनै संस्थामा लगानी गरेको जनकारी दिएकी थिइन्। त्यसपछि धनराजले पनि लगानी गरेको रकम आएपछि सहकारीको ऋण तिर्ने आश्वासन दिएका थिए।

    तर धनराजले त्यसको ठिक दुई महिना १४ दिनपछि फागुन २९ गते ज्योतिसँग सम्बन्ध विच्छेद गरेको खुलेको छ। कुम्भराजले भने सहकारीको रकम ठगेपछि फस्ने डरले धनराजले कानुनी रूपमा देखाउन मात्रै सम्बन्ध विच्छेद गरेको बताएका छन्। व्यवहारिक रूपमा अझै पनि उनीहरू सँगै रहेको दाबी उनको छ।

    यति मात्रै होइन, धनराज र ज्योति दम्पतीले सहकारीबाट लिएर ऋण लिएर घरसमेत बनाएका थिए। ऋण तिर्न नसकेपछि त्यसलाई बेचेर ज्योति र धनराजको नाममा भएको ऋण चुक्ता गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...