News Portal

तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा सुरु

“पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी!”

विकास चाम्लिङ राई, धरान
६०९ पटक

भाद्र-२७,बिहीबार/घरान –  बिहीबारदेखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ ।

आयोजित प्रतियोगिताको पहिलो खेलमा सुनाखरी स्कुलले काम्रेल स्कुललाई ३२–१९, लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, प्रभातले डिपो स्कुललाई २३–२१ अंक र दिल्लि पव्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजिता गरेको छ। 

पहिलो खेलमा सुनाखरी र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडे । दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १४–३ र ११–८ अंक जोडेका थिए ।

त्यस्तै, तेस्रो खेलमा प्रभात स्कुल र डिपो स्कुलले निर्धारीत समयसम्म बराबार अंक जोडेपछि खेल थप समयमा धकेलिएको थियो । पाच मिनटको थप समयमा प्रभात स्कुलले डिपो स्कुल विरुद्ध र ४–२ अंक जोड्दै जित हात पारेका थिए। निर्धारित समयको खेलमा प्रभात र डिपो स्कुलले प्रत्येक क्वाटरमा ३–९, ३–२, २–५ र ३–११ अंक जोडेका थिए । बिहीबार भएको चौथो खेलमा दिल्लि पव्लिक र प्याराडाइस तरहराले ९–०, ४–८, १४–१५ र १२–३ अंक जोडे ।  

डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान-१८ वडाका वडाध्यक्ष प्रविण राईले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए। आयोजित प्रतियोगिता डिपो स्कुललका व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिवंगत श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो। उनको कोरोना महामारिको कारण ०७८ साल श्रावण १५ गते निधन भएको थियो । डपो स्कुललाई यहाँसम्म ल्याई पुऱ्याउन लिम्बूको विशेष योगदान रहेको वताउदै उनको सम्मान तथा स्मृतिमा उनको परिवारसंग सहकार्य गरेर प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष डपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याम्पस प्रमुख अम्मरवहादुर लिम्बूले बताए ।

उद्घाटान कार्यक्रम पश्चात लिम्बूको सम्झानामा उनको तश्विरमा माल्यापर्ण गरी एक मिनट मौनधारण गरेर श्रदाञ्जवी अर्पण गरिएको थियो । प्रतियोगितामा आयोजक डिपो स्कुलसंगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा एकेडेमी, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहरा गरी १७ टिमले सहभागित जनाएको छ।

कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पूर्ण खेल डिपो आर्दश बहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुने छ। भोलिको खेल शुक्रवार प्रभात र होलिल्याण्ड,  विष्णु स्कुल र आइडियल, सत्यशिसु निकेतन र समिट स्कुल, पुर्वाञ्चल स्कुल तरहरा र सियोन स्कुल र युनाइटेड गोर्खा र हिमशिखर स्कुल तरहरा विच प्रतिश्पर्धा हुने छ।

उद्घाटन कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, डिपो स्कुल गुठियार अध्यक्ष भिमराज लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, प्रतियोगिता संयोजक खड्कशमसेर लिम्वु, डिपो क्याम्पस प्रमुख राजकुमार राई, धरान मेघा हिमालयन कलेज अध्यक्ष कैलाश लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

मणी हाङ मादेन, धरान

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...