News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष लिङ्देनको भेट

हिमालीसंचार संवाददाता
२६९ पटक

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। दमकस्थित चिया बगानमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो।

पार्टी कार्यक्रमका सिलसिलामा अध्यक्ष लिङ्देन गृह जिल्ला झापा पुगेका बेला त्यहीं रहेका पूर्वराजा शाहसँग बुधबार हिमालयन टी गार्डेनमा भेट गरेका हुन्।

भेटमा पूर्वराजासँग लिङ्देनले आफ्नो पार्टीको घोषित कार्यक्रम र राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको राप्रपाका नेताहरुले बताएका छन्।

राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको वकालत गर्दै आएको राप्रपाका अध्यक्ष लिङ्देनले केही समय अगाडि पनि झापामै पूर्वराजासँग भेटेका थिए।

बिर्तामोडस्थित एक विद्यालयमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका पूर्वराजासँग लिङ्देनले भेटेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...