News Portal

  • दोस्रो केपी राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक

    “प्रचारका लागि पत्रकार संग मैत्रिपूर्ण फुटसल खल्ने!”

    विकास चाम्लिङ राई, धरान
    ४६८ पटक

    भाद्र-२६, बुधबार/धरान – नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र-२७ गतेदेखि २९ गतेसम्म हुन लागेको दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफी मंगलबार आयोजकले सार्वजनिक गरेका छन्।

    प्रतियोगिता प्रचारका लागि ट्रफी सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संजीवनी केन्द्र विच मैत्रिपूर्ण फुटसल समेत सम्पन्न भएको थियो। 

    नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र आयोजक नेचर क्लबका अध्यक्ष कृष्ण राईले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफी सार्वजनिक गरेका हुन्। धरान-८ स्थित हाम्रो फुटसलमा सम्पन्न महासंघ टिम र आयोजक विच भएको मैत्रिपूर्ण खेल वरीपरी ६-६ गोलमा सकिएको थियो ।

    प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमहरुमा धरानबाट आयोजक हाम्रो फुटसल, द वे धरान, यति एफसी धरान, स्वर्णीम क्लव धरान, क्रञ्च फिटनेस, मुन्नु एफसि, डि आर एफसी धरान, गाइघाट, इटहरि, विराटनगर, झापा, भारतको सिक्किम र काठमाडौंबाट तीन टिमले सहभागित जनाउने आयोजकका अध्यक्ष राईले जानकारी दिए ।

    प्रतियोगिताका विजेता टिमले नगद दुई लाख, दोस्रोले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडिले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनाहि १० हजार रुपैया र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

    प्रतियोगिता धरान-१३ निवासी युवा नेता एवं समाजसेवि रवि राईको दिवंगत वुवा केपी (कालिप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो। भोजपुर हतुवागढी ८ न. वडामा २००१ सालमा जन्मिएका भुपु भारतीय गोर्खा सैनिक केपी राईको धरान-१३ स्थित आफ्नै निवासमा ०७५ वैशाख १२ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । दिवंगत केपी राई भारतीय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा समेत सक्रिय थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...