News Portal

डोल्पाको मुड्केचुला-६ मा समन्वयात्मक बैठक सम्पन्न

हिमालीसंचार संवाददाता
३९० पटक

दुनै। डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं. ६ नर्कुमा हिजो सोमबार भाद्र २४ गते वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिती सदस्य लालमाया शाहीको प्रमुख अतिथिमा मुड्केचुला गाउँपालिका वडा नं ६ नर्कुको आयोजना तथा बाताबरणिय कृषि तथा बिकाश केन्द्र (केड)को सहकार्यमा वडा स्तरिय सरोकारवालासंग अन्तर्कृया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

सो कार्यक्रममा केडका जिल्ला संयोजक उमाकान्त भुसालले संस्थाको कार्य क्षेत्र, उद्देश्य, गतिबिधीमाथी प्रष्ट पार्नुका साथै दलित समुदायको उत्थानको निम्ति बिउ बिजन लगायत जातिय विभेद अन्त्य गर्नु संस्थाको मुख्य उद्देश रहेको बताउनु भएको थियो।

सोही अन्तरकृया कार्यक्रममा अस्थायी प्रहरी पोस्ट नर्कुका इन्चार्ज गंगा बहादुर चन्दले समाजमा सुशासन कायम राख्न विभिन्न सरोकारवालाइ अनुरोध गर्नु भएको थियो।

प्रमुख अतिथि समन्वय सदश्य लालमाया शाहीले सबै पक्ष मिलेर सुशासन कायम राख्न जोड दिनुका साथै दलित समुदायको हकहितका लागि सबै भन्दा पहिले दलित समुदाय नै सकृय रहनुपर्ने बताउनु भएको थियो।

कार्यक्रममा अध्यक्ष शाहीले दलित समुदायको निम्ति स्थानिय सरकारले दलित लक्षित कार्यक्रम ल्याएपनि सहि सदुपयोग नगरेकोमा गुनासो समेत गर्नुका साथै आगामी दिनमा स्थानिय निकायबाट दलित लक्षित विभिन्न कार्यक्रम ल्याउने बाचा समेत गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...