News Portal

तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसलको ट्रफी धरानमा सार्वजनिक

“प्रचारका लागि पत्रकार संग मैत्रिपूर्ण खेल खेलिदै!”

विकास चाम्लिङ राई, धरान
७१९ पटक

भाद्र-२३, आइतबार/धरान – आगामी असोज ३ गतेदेखि ५ गतेसम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ट्रफी सनिवार आयोजकले सार्वजनिक गरेका छन् ।

प्रतियोगिता प्रचारका लागि ट्रफी सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक सञ्जीवनी केन्द्र विच मैत्रिपूर्ण फुटसल समेत सम्पन्न गरिएको थियो। पत्रकार महासंघ टिम र आयोजक विच भएको मैत्रिपूर्ण खेल बराबरी ४-४ गोलमा सकिएको थियो। 

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासंघ कोशी प्रदेश कमिटीका सचिव देवेन्द्र कार्की, सञ्जीवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफी सार्वजनिक गरेका हुन् ।  

प्रतियोगितामा सहभागी टिम तथा खेलाडीहरु सबै पुनस्थापना केन्द्रको प्रतिनिधित्व भएर सहभागिता जनाउने छ। प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको भिन्नभिन्नै प्रतिस्पर्था हुनेछ । भ्रेटान टिममा ४० वर्ष पुगेका २ जना र बाकी अन्य खेलाडी ४० वर्ष माथिका हुनु पर्नेछ । 

प्रतियोगितामा धरान, पोखरा, काठमाण्डौ, चितवन, झापा, मोरङ्ग, भुटान, भारतका सिलगुरी, सिक्किम, डार्जिलिङ्ग, गाङटोक लगायतका टिमले सहभागिता जनाउने आयोजक सञ्जीवनी केन्द्रका अध्यक्ष ताम्रकारले जानकारी दिए ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फ प्रथम पुरस्कार नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफी, मेडल र प्रमाण पत्र गरिने समेत जानकारी दिएका छन्। भे्रटानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हुनेछ। महिलातर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हुनेछ । यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। 

त्यस्तै, ओपन रिकभरिङ प्रतियोगितातर्फ सेमिफाइनलदेखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । म्यान अफ द म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैया रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित विवि फुटसलमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...