News Portal

कुवेतको स्थानीय निकायमा अनुमति नलिई आयोजना गरेको तीज कार्यक्रम रद्द

हिमालीसंचार संवाददाता
४७२ पटक

कुवेत सिटी, कुवेत। कुवेतमा आज शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमकाे लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेत सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको बुझिएको छ।

नेपाल कुवेत सांस्कृतिक मञ्चको २३ औँ प्रस्तुति रहेको उक्त तीज कार्यक्रम नेपालबाट चर्चित कलाकार गायिका पूर्णकला बिसीकाे साथमा आयोजना गरिएको कार्यक्रम संभवतः कुवेतको कानुन भन्दा तीज कार्यक्रम माथि नरहेको जानकारहरु बताउँछन्।

मञ्चले अप्रत्याशित कारणले स्थगित गरिएको भनिएपनि अध्यक्ष गोविन्द बरालसहित संस्थाका सदस्यहरुकाे अपरिपक्वताकाे पराकाष्टा हो भन्ने बुझ्न कठिन छैन। किनकी गत महिनाकाे ४ तारिख श्रीलंकन नागरिकहरुले आयोजना गरेको एक कार्यक्रममा अतिथि कलाकारसहित झण्डै २ दर्जन बढी श्रीलंकन नागरिकहरुलाई कुवेत प्रहरीले नियन्त्रण लिएको थियो भने पछि कार्यक्रम आयोजना गर्ने सबैलाई समेत देश निकाला गरेको पाइन्छ।

कुवेतको नेपाली समुदायका केही संस्थाका अभियन्ताहरु कुवेत देशको कानुन आफ्नो विर्ता ठान्ने प्रवृत्तिले यो अवस्था आएको हो।

मञ्चले सबैसंग क्षमायाचना गर्दै सोही कार्यक्रमका लागि नयाँ मिति र समयको बारेमा चाँडै जानकारी गराउने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...