News Portal

मोरङको सुनबर्षी हर्चनगढीबाट लागूऔषध सहित दुई युवा पक्राउ

रबिन्द्र बराल, मोरङ
२९१ पटक

भदौ-२१, शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढीबाट सोही स्थान बस्ने बर्ष २८ का प्रदिप कुमार राजवंशी र  २२ बर्षका अपसर आलम लगायतले बिगत केही समयदेखि प्रतिबन्धित लागूऔषधहरु ठुलो मात्रामा भारतबाट खरिद गरी लुकाई छिपाई नेपाल भित्र्याई विभिन्न स्थानहरुमा बेचबिखन कारोबार गरिरहेको सुचना प्राप्त भएपछि पक्राउ परेका छन्।

प्रहरीको कडा निगरानीका साथ सुनवर्षी नगरपालिका वडा नं.६ खिर्कीडाँगी स्थित डायनिया-अमरदह भित्री सडक खण्डमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदिप र अपसर आलमले चडेको मे ६ प १८२८ नं. को स्कुटरबाट निजहरुलाई रोक्न खोज्दा अपसर आलमलेचलाएको स्कुटरकोबाट  प्रतिबन्धित लागूऔषध (Tramadol Hydrochloride Capsule IP 50 mg २ सय बयालिस  पत्तामा प्रत्येक पत्तामा १० क्याप्सुलको दरले जम्मा २,४२० (दुई हजार चार सय बिस) क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

निजकै घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ल्याई राखिएकोर बिहीबार जिल्ला अदालतबाट लागूऔषध कसूरमा दिन पाँच म्याद थप भई कानूनबमोजिम कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय रंगेरीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...