News Portal

तीजको अवसरमा ऱ्यापिडचेस प्रतियोगिता शुक्रबार हुने

विकास चाम्लिङ राई
४३२ पटक

काठमाडौं – हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ ।

ऱ्यापिड चेसको एक दिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिनेछ । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूकाअनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालकी पहिलो राष्ट्रिय बुद्धिचाल प्रतियोगिताकी विजेता उनी नेपाल बुद्धिचाल महासंधकी उपमहासचिव तथा विश्व बुद्धिचाल महासंघको महिला आयोगकी सदस्य पनि हुन् ।

‘नेपाली महिलाहरूको पर्व तीजको अवसरमा दिदीबहिनीहरूले चेस खेल्दै रमाइलो गर्नुको साथै एकअर्कालाई साथ दिँदै महिला सशक्तिकरणमा थप ऊर्जा दिन सकौं भनेर प्रतियोगिता आयोजना गरिएको हो,’ एकेडेमीकी संस्थापक खम्बू भन्छिन्, ‘स्वीस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा महिला खेलाडीमात्रै सहभागि हुन पाउनेछन्। आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्नेछन् ।’

‘तीज स्पेशल टोर्नी २०२४’ मा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ ।

०८० साल चैत्र १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको तेस्रो अवसर हो यो । उसले यसअघि असार ८–९ गते एसईई कप र साउन ५ गते हिमालयन १०० (फिडेको १ सयौं बार्षिकोत्सवको अवसरमा गिनिज वल्र्ड रेकर्ड्सको लागि) सफलतापूर्वक आयोजना गरेको थियो ।

एकेडेमीले प्रशिक्षण र प्रतियोगिता आयोजनासँगै व्यवस्थापन पनि गर्दै आएको छ । हप्ताको दुई दिन विभिन्न कोर्समा ७३ जना खेलाडी/विद्यार्थीलाई नियमित प्रशिक्षण गराउँदै आएको एकेडेमीले चेसको अनलाइन ट्रेनिङ पनि सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...