News Portal

ढलमा खसेर महिला बेपत्ता, खोजी जारी

हिमालीसंचार संवाददाता
३४२ पटक

क्वाालम्पुर। मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ।

क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्। अधिकारीहरूले खाडलमा गोताखोरहरूलाई खोजी गर्न पठाउँदा खतरा रहेको बताएका छन्।

उनको खोजीमा करिब ११० जना उद्धारकर्मी दिनरात खटिरहेका छन्। तर, खोजीको १७ घण्टा बितिसक्दा पनि उद्धारकर्मीले उनका चप्पलबाहेक केही फेला पार्न सकेका छैनन्।

शुक्रबार ढलमा पठाइएका दुई उद्धारकर्मीले पानी र फोहोरको बलियो धारको सामना गर्नुपरेको उद्धार विभागले जनाएको छ। जसका कारण खोजी असफल भएको हो।

उद्धार विभागका महानिर्देशक ढलभित्र फसेको फोहोर हटाउन लगभग असम्भव वा धेरै गाह्रो भएको बताउँछन्।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...