News Portal

  • ढलमा खसेर महिला बेपत्ता, खोजी जारी

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    क्वाालम्पुर। मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ।

    क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्। अधिकारीहरूले खाडलमा गोताखोरहरूलाई खोजी गर्न पठाउँदा खतरा रहेको बताएका छन्।

    उनको खोजीमा करिब ११० जना उद्धारकर्मी दिनरात खटिरहेका छन्। तर, खोजीको १७ घण्टा बितिसक्दा पनि उद्धारकर्मीले उनका चप्पलबाहेक केही फेला पार्न सकेका छैनन्।

    शुक्रबार ढलमा पठाइएका दुई उद्धारकर्मीले पानी र फोहोरको बलियो धारको सामना गर्नुपरेको उद्धार विभागले जनाएको छ। जसका कारण खोजी असफल भएको हो।

    उद्धार विभागका महानिर्देशक ढलभित्र फसेको फोहोर हटाउन लगभग असम्भव वा धेरै गाह्रो भएको बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...