News Portal

प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

हिमालीसंचार संवाददाता
१६५ पटक

काठमाडौं। विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ। प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरूसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो।

संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो। प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ।

त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने छ। राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ।

भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...