News Portal

निर्मलामाथि न्याय गर्न माग गर्दै जनकपुरमा दिप प्रज्वलन

हिमाली संचार संवाददाता
५२८ पटक

जनकपुर–मिथिलासहित समग्र देश छठ पर्वमा व्यस्त रहेको बेला जनकपुरमा विद्यार्थीहरुले निर्मलाका न्यायका लागि दिप प्रज्वलन गरेका छन् । मङ्गलवार साँझ जनकपुरस्थित जानकी मन्दिर परिषरमा ११०औं दिनको अवसर पारी एकीकृत बाल क्लबको आयोजनामा निर्मला पन्तलाई न्याय दिन सरकारलाई खबरदारी गर्दै दिप प्रज्वलन गरेका हुन् ।

निर्मलामाथि समानजनक ढङ्गले न्याय दिलाउनका लागि सरकारलाई खबरदारी स्वरुप दिप प्रज्वलन गरिएको अध्यक्ष दिवाकर उप्रेतीले बताए । त्यस्तै मानवअधिकारकर्मी वीरेन्द्र कर्णले भने, ‘बलात्कारजस्तो जघन्य घटनामा पनि राजनीतिले प्रश्रय पाउनु सरकारको लागि लाजमर्दो कुरो हो । यसमा निर्मलाले न्याय पाउनुपर्छ ।’

दिप प्रज्वलनमा युवा विद्यार्थी, अभियानकर्मी, अधिकारकर्मी लगायतकाहरुको उपस्थिति रहेको थियो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि सो प्रकरण झनै रहस्यमय बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...