News Portal

अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्यारा पक्राउ

हिमालीसंचार संवाददाता
४६८ पटक

वासिङ्टन। अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको गोली हानी हत्या गर्ने अभियुक्तलाई ह्युस्टन प्रहरीले पक्राउ गरेको छ।

सर्वसाधारणको विभिन्न सुझावका आधारमा बुधबार साँझ ट्राफिक जामको क्रममा संदीग्धलाई पक्राउ गरिएको हो। अभियुक्तको परिचय खुल्न नसकेको भए पनि प्रहरीले उनको बयान लिएको छ। यस समयमा कुनै आरोप दायर गरिएको छैन।

अगस्ट २४ शनिबार राति ९ः४८ मा सीसीटीभी फुटेजबाट कैद गरिएको संदीग्धको तस्बिर बुधबार प्रहरीले सार्वजनिक गरेको थियो। मुना सोमबार साँझ उनको ह्युस्टन अपार्टमेन्टमा मृत फेला परेकी थिइन्।

साँझ ५ः३५ बजे फोन गर्दा प्रहरीले गोली चलाएको अवस्थामा फेला पारेको थियो। घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको हो। उनको शव पोस्टमार्टमका लागि पठाइएको छ।

नेपालको भोजपुर निवासी पाण्डे सन् २०२१ देखि ह्युस्टन कम्युनिटी कलेजमा पढ्दै आएकी थिइन्। उनकी आमा अनिता पाण्डे अधिकारी काठमाडौंमा बस्छिन्। पाण्डे उनको परिवारमा एक्लो सन्तान थिइन्।

उनको फोन शनिबारदेखि बन्द भएको बताइएको छ, जसले गर्दा घटना सप्ताहन्तमा भएको हुनसक्ने आशंका गरिएको छ। उनलाई उनकी एकल आमा अनिताले हुर्काएकी थिइन्।

मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। श्रीमानले अस्वीकार गरेपछि छोरीलाई एक्लै हुर्काउन निकै चुनौतीको सामना गरिरहेकी अनिता अधिकारीले मुनाको पालनपोषण गर्न अथक प्रयास गरिन्।

कठिनाइको बाबजुद अनिताले छोरीलाई आफ्नो सपना पूरा गर्न अमेरिका पठाउन सफल भइन्। ह्युस्टनमा, मुना आफ्नै अपार्टमेन्टमा सर्न अघि नेपालबाट आएका साथीसँग बस्थिन्।

आफ्नी छोरीको असामयिक मृत्युबाट मर्माहत भएकी अनिताले हत्याको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन प्रशासनसँग अपिल गरेकी छिन्।

उनले न्यायको खोजीमा अमेरिकामा रहेका नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरेकी छन्। मुनाका साथीहरू र अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूले पनि न्यायको माग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...