News Portal

पुलिस अफ द मन्थ भिम बहादुर भए

रबिन्द्र बराल 
२६८ पटक

काठमाडौं – जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक भीम बहादुर श्रेष्ठ साउन महिनाको पुलिस अफ द मन्थ भए। श्रेष्ठले विभिन्न अपराधहरुको सफतापूर्वक अनुसन्धान गर्नुका साथै पेन्डिङमा रहेका मुद्दाहरू फर्छ्यौट  समेत गरेका थिए।

उनलेे पछिल्लो समयमा युवाहरु  कुलतमा लागेपछि श्रेेेष्ठकाे नेतृत्वमा   विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेर समाजमा केही परिवर्तना गर्ने हुटहुटि बाेकेर धनकुटामा उनले आफ्नो सफल कार्यकालमा महत्त्वपूर्ण काम गरेका थिए।

निजकाे कामकाे मुल्यांकन गर्दे  जिल्ला प्रहरी कार्यलय धनकुटाले  विभागीय मूल्य-मान्यता. आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार भई काम गरेकाेमा साउन महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको छ। उनलेे २७ वटा पेण्डिङ मुद्दा, जघन्य र गम्भिर गरी कर्तव्य ज्यान-४ वटा, सवारी ज्यान-१ वटा, बैंडिक कसूर-१ वटा, जवरजस्ती करणी-१ वटा, गरी जम्मा ७ वटा पेण्डिङ मुद्दाहरुको सफल अनुसन्धान गरी  कार्यालयहरुको निर्देशन बमोजिम फच्छौट गरी महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए। साउन १३ गते लक्ष्मण राईले सवारी १ जना मानिसको मृत्यु भए पश्चात भाग्दै गरेको राईलाई समेत पक्राउ गरी कानूनी दायरामा ल्याईएको थियो।

त्यसैगरी  धनकुटा साँगुरीगढी वडा नं ९ र १० को सीमाना स्थित मिलन चौकबाट ऐ.९ वस्ने वर्ष २६ को लक्ष्मण राईलाई लागू औषध गाँजा १२ के.जी. र , इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट मुद्दा चलाईएको थियोे।

प्रहरीले खैरो हिरोईन ३६ ग्राम लागू औषध मुद्दामा संलग्न रहेर  फरार रहेका प्रतिवादी सन्तोष कुमार श्रेष्ठलाई जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. अन्तर्गत सिधुवा बजारबाट पक्राउ गरी कानूनी कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाउन सफल भएको थियोे।  ईलाका प्रहरी कार्यालय च्याङफापु पाँचथर दरबन्दीका प्रहरी नायव निरीक्षक भिम बहादुर श्रेष्ठलाई उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले सम्मानित गरेका थिए। आफुलाई यसरी उत्कृष्ट सम्मान गरेकाेमा आफु खुशी भएको र आगामी दिन हरुमा समेत प्रहरी संगठन भित्र अझै काम गर्ने हैसला प्रदान भएको भिम बहादुरले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...