News Portal

वीरगंजमा सवा करोड बढीको सामान बरामद, भन्सारलाई बुझाइयो औषधि र कपडा

समिर कुमार अधिकारी (द्रुपद)
२९२ पटक

काठमाडौं। वीरगंजमा सवा एक करोडभन्दा बढी मूल्यको औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ। ती सामाग्रीको बिलबीजक नभएको प्रहरीले जनाएको छ।

बरामद सामानको मूल्य एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको थियो।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएको थियो। पछि त्यसलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए।

प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नम्बरको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...