News Portal

वीरगंजमा सवा करोड बढीको सामान बरामद, भन्सारलाई बुझाइयो औषधि र कपडा

समिर कुमार अधिकारी (द्रुपद)
३३३ पटक

काठमाडौं। वीरगंजमा सवा एक करोडभन्दा बढी मूल्यको औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ। ती सामाग्रीको बिलबीजक नभएको प्रहरीले जनाएको छ।

बरामद सामानको मूल्य एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको थियो।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएको थियो। पछि त्यसलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए।

प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नम्बरको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...