News Portal

वैदेशिक रोजगारीमा गएका झण्डै १४ सय नेपालीको मृत्यु

हिमालीसंचार संवाददाता
२६७ पटक

काठमाडौँ। पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका झण्डै १४ सय नेपालीहरूले ज्यान गुमाएका छन्।

गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले १ हजार ३ सय ७८ जना नेपालीले ज्यान गुमाएका हुन। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन्।

विभिन्न रोग लागेर २ सय ६१ जना नेपालीले ज्यान गुमाएका छन्। त्यसपछि आत्महत्या १ सय ९२, प्राकृतिक मृत्यु १ सय ९१, हृदयाघात १ सय २०, सवारी दुर्घटनामा परेर १ सय ३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ।

त्यस्तै ७ जनाको हत्या भएको छ। ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। ६० जनाको बिरामी भएर मृत्यु भएको छ।

६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ। ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ।

त्यस्तै, ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...