News Portal

मिनिल्याण्ड स्कूलले मनायो कृष्ण जन्माष्टमी

रविन्द्र बराल
३८० पटक

मोरङ। रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले हरेक बर्षझै यस बर्ष पनि बालबालिकाहरुलाई कृष्ण भगवानकाे बारेमा जानकारी गराउदै कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएकाे छ।

बिधालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कृष्ण भगवानको जन्मउत्सव मनाएकाे हाे।

बिधालयले कक्षा नर्सरीदेखी ४ कक्षासम्म अध्यन गर्ने स-साना बालबालिकाहरुलाई कृष्ण जन्माष्टमीको महत्वका बारेमा जानकारी गराउदै बिधालयका शिक्षक शिक्षीकाहरुले कृष्ण भगवानकाे भजन गाउनुका साथै नृत्य गरेर बालबालिकाहरुलाई मनाेरञ्जनसमेत गराएका थिए।

अभिभावकहरुले समेत आफ्ना छाेराछाेरीहरुलाई कृष्णराधा, सुदामाकाे पहिरनमा बिधालय पठाएका थिए। जन्माष्टमीकै अवसरमा कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुले जन्माष्टमीकाे उपलक्ष्यमा भगवनकाे भजन प्रतियोगिता समेत गराएकाे थियोे।

सो अवसरमा विजेता विधार्थी भाईबहिनीहरुलाई पुरस्कार वितरण गरिएको थियोे।

बिधालयले हरेक चाडपर्वलाई उत्तिकै महत्वका साथ हरेक वर्ष चाडपर्वको बारेमा जानकारी समेत गराउँदै आएको र आगामी दिनमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका प्रिन्सिपल विकर्ण कार्कीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...