News Portal

  • निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका गृहकार्य सुरु गरिसकेँ : शिक्षामन्त्री

    हिमालीसंचार संवाददाता
    २२३ पटक

    नवलपरासी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताइन्।

    ‘विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ’, उनले भनिन्, ‘परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ।

    प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने मन्त्री भट्टराईले बताइन्।

    अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...