News Portal

  • न्यौपाने किन बने उमेद्वार ?

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    झापा। बिनोद न्यौपाने कांग्रेसका शुभेच्छुक मात्र होइनन। क्रियाशील सदस्य र आर्थिक रुपमा उर्लाबारी कांग्रेसलाई भरथेग गर्ने कार्यकर्ता पनि हुन्।

    २०५९ सालमा उर्लाबारी उद्योग वाणिज्य संघकाे साधारण सदस्यता लिएर वाणिज्य संघमा आवद्ध भएका गरेका न्याैपाने २०६६ सालमा सञ्चालक सदस्यमा निर्वाचित भए। सदस्य पदमा विजयी भएर उर्लाबारी वाणिज्य संघमा ईन्ट्री गरेका न्यौपाने क्रमश : महासचिव, बरिष्ट उपाध्यक्ष हुँदै अध्यक्ष बन्न चाहन्थे।

    उनी महासचिव र बरिष्ट उपाध्यक्षमा अत्यधिक मत पाएर बिजयी भए। साना ठूला सबै ब्यापारीलाई समान दृष्टिले सहयोग गर्ने न्यौपाने गणेश प्रवृतिका स्थायी शत्रु हुन्। कामका आधारमा पार्टीले मूल्याङ्कन गर्नुपर्छ भन्ने मान्यतामा उनी अडिग छन्। त्यति हुँदा हुँदै पनि उनले पार्टी संगठनको अनुरोधमा अघिल्ला दुई चुनाबी साधारणसभामा आफ्नो दाबी फिर्ता लिए।

    जतिबेला प्रीतम खड्गी दोस्रो पटक बाणिज्य संघमा उमेद्वार बने। त्यसैबेला न्यौपानेले आफ्नो दाबी पेश गरेका थिए। तर, पार्टीले प्रीतम खड्गीलाई उमेद्वार बनाउने निर्णय गरेपछि उनी खड्गी प्यानललाई जिताउन सतिसाल झैं दृढ बनेर लागे। खड्गीले चुनाव जिते। त्यसबेला नै ‘ब्याक’ भएका न्यौपानेले अरु ३ वर्ष कुरे। ३ वर्षपछि पार्टीले न्यौपानेलाई अनेकन बहानावाजी गरेर पन्छायो।

    कांग्रेस समर्थक पूर्व अध्यक्षहरू तेजकुमार रिजाल, प्रेमचन्द्र वाहेती, कल्याणराज भण्डारी, भोलामान श्रेष्ठ, केशवबहादुर बस्नेत र प्रीतम खड्गीले समेत पार्टीको आधिकारिक उमेद्वारलाई जिताउने र ३ वर्षपछि न्यौपानेलाई उमेद्वार बनाउने सर्तमा पूर्व महासचिवको हैषियतले तारामान लिम्बूलाई उमेद्वार बनाएर जिताउने सहमति भयो। त्यसपछि न्यौपानेले १०९५ दिनको काउन्टडाउन सुरु गरे। २०८१ मा त्यो दिन आयो। तर, न्यौपानेलाई फेरि पनि पाखा लगाइयाे।

    न्यौपानेले दिएको दराजमुनि बसेर न्यौपानेबिरुद्ध निर्णय

    न्यौपानेले नेपाली कांग्रेस उर्लाबारी नगर समितिलाई एउटा दराज सौजन्य गरेका छन्। ९ वर्ष देखि उमेद्वार बन्न पालो कुरेर बसेका न्यौपानेलाई त्यही दराजको छेउमा बसेर राखिएको बैठकले उमेद्वार नबनाउने निर्णय गर्यो। एक पूर्व अध्यक्ष भन्छन् – बिनोद धेरै सालिन ब्यक्ति भएकोले ९ वर्षसम्म कुरे। अरुले भए त्यो क्षमता राख्ने थिएनन्। हामीले अभिभावकत्व दिएर न्यौपानेलाई मैदानमा अघि ल्याएका हौं।

    न्यौपाने ५० वर्ष पुग्न लागेका उर्लाबारीका पुराना मेसिनरी सामानका बिक्रेता हुन। उनकाे उर्लाबारी-५ मा महालक्ष्मी मिल मेशिनरी सप्लायर्स सञ्चालनमा छ। कांग्रेस पृष्ठभुमिका न्यौपानेले न ब्यक्तिलाई, न पार्टीलाई अप्ठ्यारो परेको बेला कहिल्यै खालि हात फर्काएनन।

    ठुलो सहयाेग गर्ने क्षमता नभएपनि न्याैपानेले सानातिना समस्याको गाँठो बिगतदेखि वर्तमानसम्म फुकाइरहेका छन्। सधैं पार्टीले कांग्रेस निकट पूर्व अध्यक्षहरूलाई राखेर आधिकारिक उमेद्वार चयन गर्दै आएको इतिहासलाई अहिलेको नेतृत्वले मेटिदिएको पूर्व अध्यक्षहरू बताउँछन्।

    स्रोत भन्छ, यो पटक तारामान सेरेङ उमेद्वार बन्न ईच्छुक थिएनन। तर, पार्टीले बहुमतको निर्णय भन्दै तारामानलाई एकाएक दोस्रो पटक अघि सारेपछि न्यौपानेलाई पूर्व अध्यक्षहरूले उमेद्वार बनाएका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न...

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको...

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...

    आज २०८२ साल साउन १२ गतेको राशिफल

    आज साउन १२, २०८२ (जुलाई २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...