News Portal

कुमारी बैंकद्वारा बिमा रकम हस्तान्तरण

रविन्द्र बराल
८१३ पटक

मोरङ। बिराटनगरमा रहेको कुमारी बैंकले स्वस्तिक जुटमिलमा कार्यरत कार्यरत कर्मचारी बाल कृष्ण तामाङ्गको सडक दर्घटनामा मृत्युु भएपछि परिवारलाई कुमारी बैकले ७ लाख रुपैयाँ बिमा दाबी रकम हस्तान्तरण गरिएको छ।

बैकका कोशी प्रदेश प्रमुख मनिष श्रेष्ठ, शाखा प्रबन्धक अंकित पाण्डे, अपरेशन इन्चार्ज मनिषा थापा, शाखा कर्मचारी मोहन राज दाहाल र मिलन कार्कीको उपस्थितीमा मृतकको परिवारलाई ७ लाख रुपैया बराबरको बिमा दाबी रकम हस्तान्तरण गरिएको ईन्चार्ज मनिषा थापाले बताईन।

७ लाख रुपैया बराबरको बिमा रकम आफ्नै शाखा कर्यालय बिराटनगरबाट हस्तान्तरण गरेको हाे। उक्त बैकमा तामाङ्गको कुमारी प्रिमियम तलब बचत खाता, स्वस्तीक जुटमिलमा कार्यरत कर्मचारी भई संचालनमा रहेको थियो।

कुमारी बैंकले विगत धेरै वर्ष देखि कुमारी प्रिमियम तलब बचत खातामा सामान्य जाँच (OPD) तथा अस्पताल भर्ना भई उपचार गरेका एवं दुर्घटना मृत्यु भएमा बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको मनिष श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...