News Portal

मोरङको रंगेलीमा देव हस्दालाई आर्थिक सहयोग हस्तान्तरण

रबिन्द्र बराल, मोरङ
३१० पटक

साउन,२४ बिहीबार/मोरङ – मोरङको रंगेली  नगरपालीका-४ आमतोला बसोबास गर्दै आएका भयो हस्दा का १२ बर्षका छाेरा  देव हस्दा दुई महिनादेखि आर्थिक अवस्थाका कारणले अस्पतालको सैयामा छटपटाइरहेको समचार विभिन्न सन्चार माध्यम बाट समाचार  प्रकाशित भए पछि  एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बि.क र महासचिव पंकज श्रेष्ठकाे पहलमा  पुर्वि अफ्रीका सेसेल्समा कार्यरत नेपालिहरुको सामुहिक रुपमा सङ्कलित रकम देव हस्दाकाे आमा पार्वती हस्दा लाई हस्तान्तरण गरिएको छ ।

नेपालीहरुले बालकको  उपचारका लागि  ६० हजार १ सय रुपैयाँ सङ्कलन गरेर पठाएका हुन । मंगलबार पिडित परिवारकाे घरमा पुगेर महासचिव पंकज श्रेष्ठकाे श्रीमती रंन्जना श्रेष्ठ ले ६० हजार रुपैयाँ र  स्थानीय शान्ता श्रेष्ठले समेत बिरामीको उपचारका लागि आफ्नो तर्फबाट ५ सय रुपैयाँ समेत सहयोग गर्नु भएको थियोे । 

आर्थिक अभावका कारण अहिले बिरामी छाेरा लाई घरमा राखेर दिनभर  उपचारका लागि आमा अहिले गाउँघरमा ५,  १० रुपैयाँ  उठाएर हिड्न बाध्य रहेकाेे उनलेे बताईन । धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा  उपचार गराउदै आईरहेता पनि दबाइ खर्चको लागि आर्थिक नभएपछि अस्पतालले समेत उनीहरुलाई डिस्चार्ज गरेर घर पठाएको उनका आमा पार्वतीले बताएकी छन् । उनका बुवा र आमाले आफ्नो  छोराको उपचारका लागि  अहिलेसम्म ५ लाख रुपैयाँ सम्म खर्च गर्दा समेत निकाे हुन सकेको छैन । 

देश बिदेशमा रहेका युवा तथा स्थानीय हरुले समेत सहयोग गरेता पनि अझै उपचारमा रकमकाे आवस्यकता कायमै रहेको हुनाले पुनः छाेराकाे उपचारका लागि सबै लाई सहयोग गरि छाेरा लाई बचाईदिन आम पार्वती हस्दाँले हारगुहार गरिरहेकी छन ।सहयोगी मनहरुले नेपाल बैंकमा  PARWATI HASDA ( पार्वती हाँस्दा)  काे नाममा  रहेको खाता नम्बर 03101107737677000001 मा देशविदेश तथा विभिन्न व्यक्तिहरूले सहयोग गर्ने आमा पार्वती ले  समेत आग्रह गरिरहेका छन् । 

अहिले उनीहरूको घरमा खाद्यान्नसमेत नभएपछि केही दिन अगाडि मात्रै स्थानीयहरुले सहयोग गरेर उनीहरुलाई खाद्यान्न सहयोग गरेका थिए । अहिले उनीहरूको घरमा चामल समेत नभएपछि स्थानीयले सहयोग गरेकी चामल थोरै खाँदै गरेको उनले बताईन ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...