News Portal

  • मोरङको रतुवा खोलामा ३ सय मिटर खोला तर्ने ढुङ्गा प्रयोग

    रबिन्द्र बराल, मोरङ
    ३१४ पटक

    साउन,२४ बिहीबार/मोरङ – माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले दुईवटा ढुङ्गा ( नाउ) सन्चालनमा आएको छ । बिगत ११ बर्ष देखि पुल काे  निर्माण कार्य सम्पन्न भएता पनि बर्षाेनी उक्त खाेलामा आउने बाडिका कारण प्रत्येक बर्ष साे भेगका सर्वसाधारण हरु समस्या झेल्न बाध्य रहेका छन ।

    रतुवा खाेलमा सामान्य पानी आउदा समेत खाेलामा कहिले नाँउ काे माध्यम बाट त कहिले भाटाकाे पुल बाट आवतजावत गर्ने बाध्य भएका हुन । खाेलामा अहिले ढुंगा बाट आवतजावत गरिरहेका छन ।  एउटा माेटरसाईकल खाेला पारी गरेको नाउँमा ७० रुपैयाँ र साईकल काे ३० रुपैयाँ सम्म  लिने गरेका  छन ।

    प्रत्येक बर्ष खाेलामा आउने बाडिका कारण आफुहरु ज्यानै जाेखिम मा राखेर आवतजावत गरिरहेकाेे स्थानीयले बताए। माेरङ बाट गाैरिगञ्ज जानका लागि याे खाेला बाट ३ किलोमिटर मा पुगिने भएता पनि भारत बाट ३० किलोमिटर काे यात्रा पूरा गरेर  जानुपर्ने र   बर्षाकाे समयमा भारत हुदै जान का लागि १ घण्टा सम्म गएर  जानुपर्ने बाघ्यता रहेको  स्थानीयले बताए ।

    हुलाकी राजमार्ग काे लागि आवतजावतमा सहज हाेस भनेर  निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ । २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । 

    उक्त पुल  १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । २०६५  साल मा   भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदार  ले शिलान्यास गरेकाे साे पुल हाल सम्म पनि निर्माण सम्पन हुन सकेको  छैन ।  प्रत्येक दिन खाेला बाट उक्त ढुङ्गा बाट ३ सय देखि ५ सय सम्म आवत जावत गर्ने गरेका छन । 

    चुनाव काे समयमा खाेला मा तटबन्धन   बाँधने  नारा लिएर  चुनाब  जितेका नेता हरु अहिले  खाेला फर्काउने   कुनै पहल समेत नगरेको स्थानीयले आराेप समेत  लगाए ।  साे पुल निर्माण भए र संन्चालनमा आएमा बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारण हरुले बिराटनगर ,ईटहरी, दमक  र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्ग काे बाटो आवत  जावत गर्ने छोटो र सहज हुने  स्थानीय हरु बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...