News Portal

मोरङको रतुवा खोलामा ३ सय मिटर खोला तर्ने ढुङ्गा प्रयोग

रबिन्द्र बराल, मोरङ
३७८ पटक

साउन,२४ बिहीबार/मोरङ – माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले दुईवटा ढुङ्गा ( नाउ) सन्चालनमा आएको छ । बिगत ११ बर्ष देखि पुल काे  निर्माण कार्य सम्पन्न भएता पनि बर्षाेनी उक्त खाेलामा आउने बाडिका कारण प्रत्येक बर्ष साे भेगका सर्वसाधारण हरु समस्या झेल्न बाध्य रहेका छन ।

रतुवा खाेलमा सामान्य पानी आउदा समेत खाेलामा कहिले नाँउ काे माध्यम बाट त कहिले भाटाकाे पुल बाट आवतजावत गर्ने बाध्य भएका हुन । खाेलामा अहिले ढुंगा बाट आवतजावत गरिरहेका छन ।  एउटा माेटरसाईकल खाेला पारी गरेको नाउँमा ७० रुपैयाँ र साईकल काे ३० रुपैयाँ सम्म  लिने गरेका  छन ।

प्रत्येक बर्ष खाेलामा आउने बाडिका कारण आफुहरु ज्यानै जाेखिम मा राखेर आवतजावत गरिरहेकाेे स्थानीयले बताए। माेरङ बाट गाैरिगञ्ज जानका लागि याे खाेला बाट ३ किलोमिटर मा पुगिने भएता पनि भारत बाट ३० किलोमिटर काे यात्रा पूरा गरेर  जानुपर्ने र   बर्षाकाे समयमा भारत हुदै जान का लागि १ घण्टा सम्म गएर  जानुपर्ने बाघ्यता रहेको  स्थानीयले बताए ।

हुलाकी राजमार्ग काे लागि आवतजावतमा सहज हाेस भनेर  निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ । २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । 

उक्त पुल  १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । २०६५  साल मा   भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदार  ले शिलान्यास गरेकाे साे पुल हाल सम्म पनि निर्माण सम्पन हुन सकेको  छैन ।  प्रत्येक दिन खाेला बाट उक्त ढुङ्गा बाट ३ सय देखि ५ सय सम्म आवत जावत गर्ने गरेका छन । 

चुनाव काे समयमा खाेला मा तटबन्धन   बाँधने  नारा लिएर  चुनाब  जितेका नेता हरु अहिले  खाेला फर्काउने   कुनै पहल समेत नगरेको स्थानीयले आराेप समेत  लगाए ।  साे पुल निर्माण भए र संन्चालनमा आएमा बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारण हरुले बिराटनगर ,ईटहरी, दमक  र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्ग काे बाटो आवत  जावत गर्ने छोटो र सहज हुने  स्थानीय हरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...