News Portal

मोरङको जदहा स्थित आपतकालिन उद्धारका लागि सुरक्षाकर्मीले गरे अभ्यास

रबिन्द्र बराल, मोरङ
३३२ पटक

साउन-१६, बुधबार/मोरङ – मोरङको जहदा गाउँपालिका-४ रामचोक स्थीत लोहान्द्रा खोलामा मंगलबार एक कार्यक्रमको आयोजना गर्दे कृतिम घटना अभ्यास गरिएको छ।  

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थितिमा अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो। प्रहरीले खोलामा रबरको बोटसहित उद्धार टोलीको समेत उपस्थिति रहेको थियो । 

उद्घार टोलिले खोलामा बगिरहेको मानिसलाई कसरी उद्धार गर्न सजिलो हुन्छ भन्ने बियषमा अभ्यास गराएको थियो।  अभ्यासका क्रममा उद्धार टोलीका सदस्यहरूले  खोलामा बोटको माध्यमबाट  बाढीको भेलमा बग्दै आएका व्यक्तिहरूलाई कसरी  बचाउने भन्ने बिषयमा अभ्यास गरेका थिए । 

घाइतेहरुलाई तत्कालै स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट नजिकैको स्वास्थ्य केन्द्रसम्म पुगउने अभ्यास समेत गरिएको थियो।  आपतकालिन अवस्थामा तत्काल उद्धार तथा आवश्यक उपचारलगायतका बन्दोवस्त गर्न सरोकारवालाले खेल्नुपर्ने भूमिकाको अभ्यास स्वरूप यो कार्यक्रम गरिएको हो।

कार्यक्रममा विभिन्न टोलीहरू गठन गरी खटाइएको बताइएको थियो। उद्धार टोलीले सबै टोलीहरूले आफूलाई दिइएको भूमिका जिम्मेवारीपूर्वक बहन गरेका थिए । यस प्रकारको अभ्यासले वास्तविक विपत्ति निस्तिदा जोखिम न्यूनीकरण गर्न सघाउ पुग्ने जहदाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले बताए। 

जिल्ला विपद् व्यवस्थापन समिति मोरङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सीआइएफआरसीको सहयोगमा अभ्यास कार्यक्रम गरिएको थियो ।  नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको सहोयोगमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्य नेपाली सेनाका प्रमुख सेनानी अशिम श्रेष्ठ, जिप्रका मोरङका प्रहरी नायव उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी बल नेपालका सप्रउ बिश्वबन्धु खड्क, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष खड्का लगायत नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय समेतको  उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...