News Portal

नुवाकोट अदालतको आदेशले तपस्वी बम्जन रिहा, सिन्धुपाल्चोक लगियो

हिमालीसंचार संवाददाता
३०५ पटक

साउन-९, बुधबार/नुवाकोट – आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरिएको छ।

एक महिला बेपत्ता बनाएको अभियोगमा उनलाई नुवाकोट प्रहरीले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको थियो।

अदालतले उनलाई थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। उनलाई छुट्टै मुद्दा दायरका लागि कडा सुरक्षाको साथ सिन्धुपाल्चोक लगिएको छ।

सोही मुद्दाका सम्वन्धमा अनुसन्धान गर्न बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखिएको थियो। गत ०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका-३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि प्रहरीले बम्जनमाथि मुद्दा दायर गरेको थियो।

तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतल बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...