News Portal

जनता क्याम्पस रंगेलीका प्राचार्य खतिवडाको बिदाइ

रबिन्द्र बराल, मोरङ
३३२ पटक

साउन-४, शुक्रबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-७ रहेको जनता क्याम्पस प्राचार्य खतिवडाले अवकास पाएका छन्। ०४४ सालदेखि स्थापन भएको क्याम्पसमा लामो समयदेखि क्याम्पस प्रमुख समालेका लोचनप्रसाद खतिवडाले ३७ बर्षपछि अवकाश भएका हुन। ०४४ सालमादेखि   संस्थापकका रुपमा प्राचार्य मोहनचन्द्र घिमिरेले संचालन गरेका थिए ।

०४४ सालदेखि ३ बर्ष सोही क्याम्पसमा अध्यापन गराएर खतिवडाले ०४७ सालदेखि लोचनप्रसाद खतिवडालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो। सोही दिनदेखि खतिवडाले आफ्नो जीवनकालमा सम्पूर्ण समय क्याम्पसलाई समर्पित गरेर अहिले उक्त क्याम्पसलाई चिनाउन सफल हुनुभएको छ ।  

खतिवडाले सरकारी जागिर गर्दागर्दै उक्त  जागिरको प्रहवा नगरी आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर हुटहुटि बोकेर उक्त क्याम्पसमा प्रवेश गर्नु भएको थियो। विगतका दिनहरूमा क्याम्पस सञ्चालनमा ल्याउन धेरै समस्या झेल्दै आइरहेको र रङ्गेलीका स्थानीय बुद्धिजीवी समाजसेवीहरुलाई अगाडि राखेर गाउँघरमा चन्दा संकलन गरेर क्याम्पस सञ्चालन गर्न ठूलो भूमिका रहेको थियो।

उहाँकै हिम्मत र हौसलाका कारण यहाँका  गरिब असायका छोराछोरीहरूका लागि उच्च शिक्षाको आवश्यकता सम्झेर दिनरात नभनी उच्च शिक्षाको लागि महत्त्वपूर्ण भुमिकाले आज रंगेली, दर्वेशा, आमगाछि, कर्सिया लगायतका अबिभावकहरुले विशेष गरेर छोरीहरुले कक्षा १० पास गरेरपछि उच्च शिक्षाका लागि हुनेखाने ब्यक्तिका परिवार हरुले मात्रै विराटनगर लगायतका स्थानहरुमा लगेर पढाउने गर्दे थिए। तर, गरिवर परिवारका छोरीहरुलाई विवाह गरेर ज्वाईको जिम्मा लगाउनेर घर ग्रिहस्ति बनाउदै आईरहेका थिए।  

रंगेलीमा ०४४ सालमा जनता क्यापस स्थानपना भएपछि सबै परिवारका सदस्यहरुले सोही क्याम्पसमा छोरीहरुलाई पठनपाठनमा सहभागी समेत गराउन थालेको पुर्व प्राचार्य लोचन खतिवडाले बताए। अहिले लोचनप्रसाद खतिवडाले आफ्नो सबै समय क्यापसमा समर्पित गरेर धेरै अभिभावकहरुको छोरा, छोरी उज्ज्वल भविष्यबनाउन सफल समेत भएका छन । उनले क्याम्पसमै पूर्ण रुपमा आफ्नो कार्यकाल बिताएता पनि बिधालय प्रशासन बाहेका उनलाई कुनै समाजिक संस्था वा नगपालीकाले उहाँलाई चिन्न सकेन र नगरकातर्फबाट कुनै बिदाई नगरि पठायो।

नगरपालिकाले एउटा प्राचार्यलाई सम्मन गर्ने चुकेकै हो? एउटा नगरपालिकामा कर्मचारी वा कार्यालय प्रशासक अधिकृत सरुवा हुँदाखेरी तामझामका साथ विदाई गर्ने गरेता भने रङ्गेलीको शान र इज्जत बचाउने जनता क्याम्पसका प्राचार्यलाई नगरपालिकाले बिदाई  समेत नगर्नु यो कतिको लज्जास्पद कुरो हो। जनता क्याम्पस रङ्गीले नगरपालिका भित्र पर्दैन? अवकाश पाएपछि अहिले उक्त क्याम्पसमा सुरेन्द्र बस्नेतलाई प्राचार्यको जिम्मेवारी दिईएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...