आज : २०२६-०६-२९, सोमबार

मोरङको रंगेली प्रहरीद्वारा १५ सय केजी गाँजा नष्ट

असार-२९, शनिबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले १५ सय किलोग्राम गाँजा नष्ट गरेको छ।

रंगेली ७ स्थित तिरुपति आर्यघाट नजिकैमा रहेको डस्वसिन साईडमा ठुलो मात्रामा गाँजा नष्ट गरिएको हो। गत १५ दिन अगाडि  धनपालथान गाँउपालिका वडा नम्बर ७ स्थित कमलपुर टोल बस्ने बर्ष ३० का राजकुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले  खोजतलास गर्दा निजको करेसा बारीमा  अवैध गाँजा लागूऔषध ४९ बोरा १५ सय ४८ किलोग्राम बरामद गरिएको थियो। 

उक्त गाँजा इलाका प्रहरी कार्यालय रङ्गेलीले शनिबार जिल्ला अदालतका नासु तेजेन्द्रप्रसाद साह, वडाअध्यक्ष रामचन्द्र मण्डल, नगरपालिका पशुपति लाल दास, स्थानिय, बुद्धिजीवी, पत्रकार लगायतको रोहवरहमा गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले  बताए ।