आज : २०२६-०६-२९, सोमबार

मोरङको रंगेली नगरका बिधुत प्राधिकरणको पोलहरुमा झेलियो लहरा

असार-२३, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं.७ शुक्रबारे चोक वरिपरी बिधुत पोलहरुमा चरम लापारवाहीका कारण दुर्धटना हुने प्रवल सम्भावना रहेको छ।

शुक्रबारे चोक छेउछाउका विधुतका पोलहरुमा विभिन्न लहराहरु झेलिदासम्म प्राधिकरणको ध्यान गएको छैन। लहराहरुले विधुतका पोल झेलिएको छ। 

विधुतको पोलमा रहेको विधुतको भोल्ट ११ हजार भन्दा धेरै प्रवाह हुने भएको हुनाले यहा कुनै पनी समयमा ठुलो दुर्धटना हुन सक्ने सम्भावना रहेको छ। प्राधिकरणले समयमा उक्त पोलमा झेलिएका लहराहरुको सरसफाई नगरे दुर्धटना हुने स्थानीयहरुले बताउछन्।