News Portal

सप्तकोशीका ४१ वटा नै ढोका खोलियो, स्थानीय जनतालाई सुरक्षित रहन आग्रह

हिमालीसंचार संवाददाता
२६५ पटक

असार-२३, आइतबार/इनरुवा – सुनसरीको सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ४१ वटा ढोका खोलिएको छ । आज बिहान ६ बजेसम्म सप्तकोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पानीको वहाव बढ्दै गएसँगै सप्तकोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको हो। मनसुनको प्रभावका कारण पूर्वाञ्चलका पहाडी भूभागहरुमा अविरल बर्षाका कारण सप्तकोशीको पानीको वहाव बढेको केन्द्रले जनाएका छन्। 

सप्तकोशीको जलमापन केन्द्रका अनुसार जलसतह सतर्कता पार गरेको र अझै पानीको वहाव बढ्दो क्रममा रहेको हुनाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनार आसपासमा बसोबास गर्नु हुने स्थानीयहरुलाई सुरक्षित रहन केन्द्रले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...