News Portal

  • मोरङको सुनवर्षी-५ ले शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कार

    रबिन्द्र बराल, मोरङ
    १७६ पटक

    असार-२०, बिहीबार/मोरङ – “समृद्ध सुनवर्षीको आधारः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ विगत दुई वर्षदेखि सुनबर्षी-५ स्थित वडा कार्यालयले उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ।

    यस्तो सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई समेत पढ्न जोस-जाँगर आउने र शिक्षकहरुलाई समेत विद्यार्थीको लागि पठनपाठनको लागि पूर्ण रुपमा लागिपर्ने भएकोले बिगत दुई बर्षदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आईरहेको र आगामी दिन  समेत यस्तो कार्यक्रम गर्देलैजाने वडाअध्यक्ष युगेश्वरप्रसाद ठाकुरले बताए । 

    वडाले प्राथमिक तह, निम्नमाध्यमिक बिधालयका छात्र-छात्राहरुलाई बिधालयमा नियमित रुपमा उपस्थित रहेका र जेहेन्दार बिधार्थीहरुलाई सम्मान गरेको थियो ।  

    वडा कार्यलयको सभाहलमा भएको कार्यक्रममा जनता आधारभूत बिधालय नवागञ्ज बिष्णु आधारभुत, राम जानकी आधारभुत, गुलेश्वरी आधरभुत र मदरसा महिसुदिप आधारभुत बिधालयहरुमा अध्ययन गर्ने १ कक्षादेखि ७ कक्षासम्मका ६० जना बालबालिकाहरुलाई पेन्सिल, कपी, व्याग, वितरण गरेका थिए ।

    विद्यालयको शैक्षिक उन्नती प्रगति तथा विकासका साथै अनुशासित, कर्तव्यनिष्ठ, नियमितता र विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान एवम् शिक्षण पेशालाई थप सबल बनाउने विद्यालयका शिक्षकहरूलाई दोसल्ला ओडाएर सम्मानसमेत गरिएको थियो ।  

    शिक्षण पेशालाई थप सबल बनाउन पहल कदमीको मुल्याङ्कन गर्दै नियमित रुपमा उपस्थित र बिधालय राम्रो काम गरेका १२ जना शिक्षक, शिक्षिकाहरुलाई प्रमाणपत्र र दोसल्लाहा ओढाएर सम्मानित समेत गरिएको थियो ।  

    कार्यक्रमको प्रमुख अतिथि सुनवर्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रूद्रप्रसाद दुलालले भने बिधार्थी र शिक्षकहरुका लागि यसरी वडाले सम्मान गर्नु बालबालिकाको हौस्लाह बडाएकोमा धन्यवाद समेत दिएका थिए ।  

    वडाअध्यक्ष युगेश्वरप्रसाद ठाकुरका अनुसार शिक्षकहरुले आगामी दिनहरुमा अझै बिधालयका लागि राम्रो र अनुशासन काम गरेमा मुल्यांकन अनुसार थप सम्मानित गर्दै जाने ठाकुरले बताए । 

    कार्यक्रममा शिक्षा अधिकृत हरी प्रसाद   कट्टेल  वडासचिव भविन कार्की, वडा सदस्य स्थानीय, बिधालयका प्रध्यानपक, शिक्षक, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...