News Portal

आर्थिक अबस्था कमजोर भएका कारण भयो हस्ताको थप-उपचारमा समस्या

बाबा-आमाद्वारा आर्थिक सहयोगको अपील!

रबिन्देर बराल, मोरङ
६०५ पटक

असार-१९, बुधबार/मोरङ – मोरङको रंगेली  नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षीय छोरा  देव हस्दा विगत १५ दिनदेखि आर्थिक अवस्थाका कम्जोर भएका कारणले अस्पतालको शैथ्यमा छटपटाइरहेका छन्।

खेल्ने क्रममा उनको खुट्टामा सामान्य चोट लागेपछि उनलाई उपचारका लागि रंगेली अस्पताल, कोशी अस्पताल हुदै अहिले  धरान स्थित वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन्।

उनको दाहिने खुट्टामा ईन्फेक्सन भएपछि  अहिले खुट्टाको सल्यक्रिया गरेर आइसियु कक्षमा राखेर उपचार भईरहेको छ। उनका बुवा र आमाले आफ्नो छोराको उपचारका लागि आफुसंग भएको १ लाख ५० हजार खर्च भईसकेको र अहिले छोराको उपचारका लागि आर्थिक नभएको भन्दै सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

उनको आमाले आफ्नो छोरालाई बचाईदिन आम पार्वती हस्दाँले हारगुहार गरिरहेकी छन।  छोराको उपचारमा केही सुधार आउनथालेको भएता पनि अझै सुधार हुनका लागि समय धेरै लाग्ने र आर्थिक अवस्था समेत नहुदा केही दिन अगाडि उनको गाउँ-घरबाट समेत सबैले आर्थिक सहयोग गरेर केही रकम सङ्कलन भएको भएता पनि सो रकम समेत सबै उपचारमा सकिएपछि अहिले पनु:रकमको अभाव भएको आमा पार्वतीले बताईन। 

सहयोगी मनहरुले नेपाल बैंकमा  PARWATI HASDA (पार्वती हाँस्दा)  को  रहेको खाता नम्बर 03101107737677000001 मा देशविदेश तथा सहयोगी महानुभावहरुले आर्थिक सहयोग गर्ने आमा पार्वतीले आग्रह गरिरहेका छन् । 

देवको उपचारका लागि देश बिदेशमा रहेका सहयोगी मनहरुले केही सहयोग गर्दे आईरहेतापनी उनको थप उपचारको लागि अझै रकमको सहयोग चाहिएको आमा पार्वतीले मनिल अनुहार गर्दे सहयोगको अपिल समेत गरिरहेकी छन ।   

दैनीक ज्याला मजदुरी गरेर आफ्नो परिवार पालनपोषण गर्दै आइरहेका यी परिवारलाई अहिले ठूलो संकटमा परेको छ। त्यसैले स्थानीयहरुले समेत सबै सहयोगी दाताहरुले सहयोग गरि बालकको उपचारमा सहयोग गरिदिन विशेष अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...