News Portal

आर्थिक अबस्था कमजोर भएका कारण भयो हस्ताको थप-उपचारमा समस्या

बाबा-आमाद्वारा आर्थिक सहयोगको अपील!

रबिन्देर बराल, मोरङ
६१९ पटक

असार-१९, बुधबार/मोरङ – मोरङको रंगेली  नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षीय छोरा  देव हस्दा विगत १५ दिनदेखि आर्थिक अवस्थाका कम्जोर भएका कारणले अस्पतालको शैथ्यमा छटपटाइरहेका छन्।

खेल्ने क्रममा उनको खुट्टामा सामान्य चोट लागेपछि उनलाई उपचारका लागि रंगेली अस्पताल, कोशी अस्पताल हुदै अहिले  धरान स्थित वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन्।

उनको दाहिने खुट्टामा ईन्फेक्सन भएपछि  अहिले खुट्टाको सल्यक्रिया गरेर आइसियु कक्षमा राखेर उपचार भईरहेको छ। उनका बुवा र आमाले आफ्नो छोराको उपचारका लागि आफुसंग भएको १ लाख ५० हजार खर्च भईसकेको र अहिले छोराको उपचारका लागि आर्थिक नभएको भन्दै सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

उनको आमाले आफ्नो छोरालाई बचाईदिन आम पार्वती हस्दाँले हारगुहार गरिरहेकी छन।  छोराको उपचारमा केही सुधार आउनथालेको भएता पनि अझै सुधार हुनका लागि समय धेरै लाग्ने र आर्थिक अवस्था समेत नहुदा केही दिन अगाडि उनको गाउँ-घरबाट समेत सबैले आर्थिक सहयोग गरेर केही रकम सङ्कलन भएको भएता पनि सो रकम समेत सबै उपचारमा सकिएपछि अहिले पनु:रकमको अभाव भएको आमा पार्वतीले बताईन। 

सहयोगी मनहरुले नेपाल बैंकमा  PARWATI HASDA (पार्वती हाँस्दा)  को  रहेको खाता नम्बर 03101107737677000001 मा देशविदेश तथा सहयोगी महानुभावहरुले आर्थिक सहयोग गर्ने आमा पार्वतीले आग्रह गरिरहेका छन् । 

देवको उपचारका लागि देश बिदेशमा रहेका सहयोगी मनहरुले केही सहयोग गर्दे आईरहेतापनी उनको थप उपचारको लागि अझै रकमको सहयोग चाहिएको आमा पार्वतीले मनिल अनुहार गर्दे सहयोगको अपिल समेत गरिरहेकी छन ।   

दैनीक ज्याला मजदुरी गरेर आफ्नो परिवार पालनपोषण गर्दै आइरहेका यी परिवारलाई अहिले ठूलो संकटमा परेको छ। त्यसैले स्थानीयहरुले समेत सबै सहयोगी दाताहरुले सहयोग गरि बालकको उपचारमा सहयोग गरिदिन विशेष अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...