News Portal

मोरङको दलेली राजगंज सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ती

रबिन्द्र बराल, मोरङ
२५३ पटक

असार-१६, आइतबार/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित दलेली चोकदेखि राजगंज जोडने  सडक  स्तरोन्नती गर्ने शहरी विकास तथा कार्यालय मोरङको लागतमा निर्माणकार्य सुरु भई रहेको सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ति भएको छ। 

गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण कार्य गर्ने बैशाख-२५ गते सम्झौता गरेर उक्त काम जेठ ३ गते निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भएता पनि उक्त सडक एक महिना ढिलो भई सक्दाकाम पूरा हुन सकेको छैन । गाउँपालिकाले उपभोक्ता समितिलाई २ सय मिटर आरसिस ढलान भएको सडक निर्माणकार्यका लागि ३० लाख ४३ हजार ४३ रुपैयाँ ८२ पैसामा निर्माण कार्यको लागि जिम्मा लगाएको थियो। 

स्थानीय पवित्र ढकलका अनुसार गाउँपालिकाले जुन सडक बनाउनुपर्ने हो उक्त सडक नबनाएको र बनाउन आवश्यक नरहेको सडक मात्रै बनाएर स्थानीयलाई आवतजावतमा सास्ती दिएको र दुई महिनादेखि उक्त सडकमा खाल्डो खनेर छोडेको समेत उनले उनले बताईन । 

सो सडकमा खाल्डो खनेर छाडेको ३ महिना भईसकेको छ। उक्त सडकबाट आवाजजावाज गर्ने स्थानीयहरुलाई नदिएको ढाट राखेर बन्द गरेको र आफूहरुले केहि दिन अगाडि मात्रै खोलेको र अहिले दुख गरेर आवतजावत गर्ने गरेको र बर्खाको समयमा सास्ती भोग्दै आएको स्थानीय गोपाल बरालले बताए । 

समितिका अध्यक्ष गोपाल कार्कीका अनुसार आफूहरूले सानो सवारी नरोकेको तर ठूलो सवारीले सडक बिग्रिने भएपछि सडकमा रोक लगाएको उनले स्वीकार गरेका थिए। 

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...