News Portal

मोरङको दलेली राजगंज सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ती

रबिन्द्र बराल, मोरङ
२६८ पटक

असार-१६, आइतबार/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित दलेली चोकदेखि राजगंज जोडने  सडक  स्तरोन्नती गर्ने शहरी विकास तथा कार्यालय मोरङको लागतमा निर्माणकार्य सुरु भई रहेको सडक अबरुद्ध हुदा स्थानीयलाई सास्ति भएको छ। 

गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण कार्य गर्ने बैशाख-२५ गते सम्झौता गरेर उक्त काम जेठ ३ गते निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भएता पनि उक्त सडक एक महिना ढिलो भई सक्दाकाम पूरा हुन सकेको छैन । गाउँपालिकाले उपभोक्ता समितिलाई २ सय मिटर आरसिस ढलान भएको सडक निर्माणकार्यका लागि ३० लाख ४३ हजार ४३ रुपैयाँ ८२ पैसामा निर्माण कार्यको लागि जिम्मा लगाएको थियो। 

स्थानीय पवित्र ढकलका अनुसार गाउँपालिकाले जुन सडक बनाउनुपर्ने हो उक्त सडक नबनाएको र बनाउन आवश्यक नरहेको सडक मात्रै बनाएर स्थानीयलाई आवतजावतमा सास्ती दिएको र दुई महिनादेखि उक्त सडकमा खाल्डो खनेर छोडेको समेत उनले उनले बताईन । 

सो सडकमा खाल्डो खनेर छाडेको ३ महिना भईसकेको छ। उक्त सडकबाट आवाजजावाज गर्ने स्थानीयहरुलाई नदिएको ढाट राखेर बन्द गरेको र आफूहरुले केहि दिन अगाडि मात्रै खोलेको र अहिले दुख गरेर आवतजावत गर्ने गरेको र बर्खाको समयमा सास्ती भोग्दै आएको स्थानीय गोपाल बरालले बताए । 

समितिका अध्यक्ष गोपाल कार्कीका अनुसार आफूहरूले सानो सवारी नरोकेको तर ठूलो सवारीले सडक बिग्रिने भएपछि सडकमा रोक लगाएको उनले स्वीकार गरेका थिए। 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...