News Portal

मोरङको रंगेलीमा विभिन्न संस्था र नगरपालिकाको सहकार्यमा १५ दिने तालिम प्रदान

रबिन्द्र बराल, मोरङ
३२४ पटक

असार-१५, शनिबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमीक सृजनशिल महिला समाज नेपालको आयोजना तथा टेवा नेपालको सहयोगद्वारा रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सम्पन्न  गरेको छ ।

“संस्थागत विकास र दिगोपन” भन्ने मुल नाराका साथ रंगेली स्थित पब्लिक उच्च माध्यमिक बिधालयको पुरानो भवनाम १५ दिने सीपमूलक कार्यक्रमको आयोजना गरिएको थियो।  

आज शनिबार एक कार्यक्रमको आयोजना गर्दै महिलाहरूले बाँसबाट विभिन्न प्रकारका सामग्रीहरु बनाएर प्रदर्शन समेत गरेका थिए।  कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप वगडिया विशिष्ट अतिथि उपमेयर भूमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्का, संस्थाका अध्यक्ष शान्ता श्रेष्ठ, अमृता राय, समाजसेवी मनोज अग्रवाल स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो। 

समापन कार्यक्रममा सहभागीहरुले आफूहरुलाई यति मात्रै तालिम नभएर अरु थप तालिमको व्यवस्था गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन ।  बगडियाले भने तीन महिनाभित्र पुनः अर्को एडभान्स तालिम प्रदान गर्ने प्रतिबद्धता समेत जनाए । 

स्थानीय महिलाहरूले बाँसको छोया तथा माटाका सामग्रीहरू बिक्री वितरणका लागि रंगेली स्थित बसपार्कमा एउटा सटरमा महिलाहरूले बनाएको सामग्रीहरू बिक्री वितरण गर्न ठाउँमा समेत दिने काम सञ्चालन गर्न समेत आग्रह गरेका छन।

प्रशिक्षक गोपाल तामाङले बाँसको चोया तथा जराबाट आधुनिक सजावटका सामग्री निर्माण भएका सामग्रीहरु स्थानीय स्तरमै बिक्री वितरण गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन्। सहभागीहरुले घर,  कुर्सी, टेबल,  बक्सा, किस्ति चरा लगायतका सामग्रीहरु समेत बनाएका थिए।

आयोजित कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो स्वरूप स्थानीय सहभागीहरुले बनाएका विभिन्न प्रकारका सामग्रीहरु प्रदान गरिएको थिए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...