News Portal

मोरङको रतुवा खोलाको पुल नबन्दा स्थानीयलाई सास्ति

बर्षायाम सुरु भएसंगै आवतजावत ठप्प!

रबिन्द्र बराल, मोरङ
२१० पटक

असार-७ शुक्रबार/मोरङ – मोरङ र झापा जिल्लका सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १५ बर्ष बितिसक्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

नेपाल सरकारले सिमावर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि १५ बर्षमा हुदा समेत काम भने अधुरै रहेको छ। भद्रचोक, आमबाडी, झुर्किया लगायतका स्थानीयहरु बर्षाको समयमा  गौरिगञ्जसम्म पुग्न कि त भारतको बाटो भएर जानुपर्छ नभए मोरङकै उर्लाबारी दमक हुँदै गौरीगञ्जसम्म पुग्नुपर्ने बाध्यता विगत १५ वर्षदेखि कायमै रहेको छ।

खोलामा बर्षेयाममा आउने बाढीका कारण पानीले हरेक बर्ष खोलाको धार बदल्ने  भएपछि पुन:पूर्वतर्फबाट एउटा पिलर थप गर्ने र पश्चिमबाट दुईवटा पिलर थप गर्नुपर्ने  भएपछि अहिले उक्त पुलको काम भईरहेता पनि काम भने सुस्त गतिमा भईरहेको छ। खोलामा तटबन्ध गर्ने काम सम्पन्न भएता पनि २ सय मिटर सडकको केही भागमा जलमग्न पानी भएपछि स्थानीयहरु ज्यानको प्रभाव नगरी खोला तर्ने गरेका छन। 

निर्माणाधीन रहेको पुलको डर र भित्ता समातेर पुल समातेर खोला तर्ने र साईकल यात्रीले समेत पुलमा रहेका व्यक्तिहरूको सहारामा काँधमा साइकल हालेर पुल चढ्ने र आफ्नो गन्तव्यसम्म जान बाध्य रहेका छन्।

 २०६५  सालमा भौतिक तथा निर्माण मन्त्री  रहदा बिजयकुमार गच्छेदारले उक्त पुल बनाउन शिलान्यास गरेका थिए। १५ वर्षको अबधिमा भौतिक निर्माण मन्त्री धेरै बने तर रतुवा खोलाको पुलले पुर्णता पाएन।

स्थानीय दिप नारायण ताजपुरियाका अनुसार यहाँका धेरै नेताहरुले चुनावको बेलामा   हामी पुल बर्ष दिन भित्रमा बनाइ दिन्छौं चुनाव जिताउनुस् भनेर भोट माग्ने गरेको र चुनाव जितेपछि फर्केर पनि नआउने गरेको स्थानीयहरूले आरोप समेत लगाएका छन् ।

नेपाल सरकारले देव एण्ड सायर, समता, आशिषदेव जे.वी  बिर्तामोड झापालाई २०७९ असारमा पुलको तटबन्ध १२ सय मिटर लम्बाई र पुलको बाँकी निर्माणकार्यका लागि २१ करोड रुपैयाँ बराबरमा ठेक्का दिएको छ । 

उक्त  काम २०८२ असार सम्पन्न निर्माणकार्य सम्पन्न गर्नेका लागि जिम्मा समेत लगाएको छ। हुलाकी सडक निर्माण कार्यालयका इन्जिनियर प्रभात किरण राईका अनुसार उक्त काम असार मसान्तसम्म काम सम्पन्न गरेर पुलबाट दुई चक्के समेत आवतजावत  गर्न सकिने गरि द्रुतगतिमा काम भईरहेको राईले बताएका थिए ।   

सो पुल निर्माण भए र संचालनमा आएमा विराटनगरदेखि भद्रपुरसम्म आवत-जावत गर्नेका लागि सर्वसाधारणहरुले विराटनगर, ईटहरी, दमक  र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउने र हुलाकी राजमार्गको बाटो आवत जावत गर्ने छोटो र सहज हुने  स्थानीयहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...