News Portal

मोरङको रंगेलीमा लागूऔषध खैरो हिरोईन सहित दुई युवा पक्राउ

रबिन्द्र बराल, मोरङ
४०० पटक

जेष्ठ-४, सोमबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीले पछिल्लो समयमा लागू औषध तथा ओसारपोसर गर्ने व्यक्तिहरुलाई धमाधम पक्राउ गर्ने थालेको  छ।

प्रहरीले भारतबाट लागूऔंषध ओसार पोसार गर्ने व्यक्तिहरुको पहिचान गरेर सिमा क्षेत्रमा सादा पोषाकमा प्रहरीहरु खटाएर धमाधम कारोबारी तथा सेवन कर्ताहरुलाई पक्राउ गर्ने सफल भएको छ ।  

प्रहरी निरीक्षक सन्तोष खड्काले दुई महिनाको अबधिमा रंगेली, सुनवर्षी र धनपालथान र अन्य स्थानका लागुऔंषध कारोवारी गर्ने ७ जना व्यक्तिहरुलाई पक्राउ गरेर उनीहरुलाई कार्वाही प्रक्रिया अगाडि बढाएको थियो । 

प्रहरीले सोमबार साँझमा रंगेली नगरपालिका ४ स्थित चोप्राहबाट छिमेकी राष्ट्र भारतबाट नेपालतर्फ आउदै गरेको दुई जना युवा पक्राउ परेका छन। पक्राउ पर्नेमा रंगेली ४ बस्ने वर्ष ३५ को भुवनेश्वर प्रसाद साह र वडा नं. ९ बस्ने वर्ष २५ को सागर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुका बाट लागू औषध खैरो हिरोईन जस्तो देखिने छत्तिस ग्राम पचास मिलिग्राम लिसाईलो पदार्थ सहित पक्राउ परेका छन ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर समेतको संयुक्त प्रहरी टोलीले निजहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिएका हुन्। 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...