News Portal

  • रंगेलीमा अतिविपन्न परिवारका लागि सिलाई कटिङ तालिम सम्पन्न

    रबिन्द्र बराल, मोरङ
    २२५ पटक

    असार-३, सोमबार/मोरङ – मोरङको रङ्गली नगरपालिकाले अति विपन्न परिवारका महिलाहरूका लागि सिलाई कटिङ तालिम सम्पन्न गरेको छ। गत बर्ष बेषिक कोर्ष र यस बर्ष एड्भान्स कोर्ष सम्बन्धी तालिम सम्पन्न गरेको हो।

    नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम संचालन समेत गर्दे आईरहेको छ। सोही क्रममा चैत्र २५ गतेदेखि बैशाख-१६ गतेसम्म ४५ दिने  एड्‌भान्स सिलाई कटाई सीप विकास तालिमको एक कार्यक्रमको आयोजना गर्दे सम्पन्न गरेको हो। 

    कार्यक्रमको प्रमुख अथिति रंगेली नगरपालिका प्रसाशकीय अधिकृत  ओमकार प्रसाद न्यौपाने, प्रशिक्षक निर्मला शाही, शान्ता पहाडी भट्टराई,  कमला सोरेन, पूजा मण्डलल,  मिना ऋषिदेव, रेषिता कुटु महिला लगायतको सहभागिता रहेको थियो।

    तालिममा सहभागी मनिमा मुर्मुले भनिन् विगतका दिनहरूमा आफूहरूले घरमा बसेर जन मजदुर गरेर आफ्नो परिवार पालनपोषण गर्दै आएर आइरहेता पनि अहिले नगरपालिकाले यसरी सिलाई कटिङको तालिम दिएपछि आफूहरुले गाउँघरमाा बसेर  केही गर्न सकिन्छ भनेर सहभागी भएको उनले बताईन ।  

    हामीले सुरुको समयमा सिलाई कटिङ गर्न जाँदा गाउँ घरमा मलाई हेर्ने नजर भिन्दै रहको भएता पनि आफूले सो कुराको कुनै प्रवाह नगरी  सिलाई कटिङ गरेको र अहिले आफूले आमतोला चोकमा एउटा सानो व्यवसाय समेत संचालन गरेको मनिकाले बताईन।

    सहभागीहरुले ४५ दिनको अवधिमा  ब्लाउज, साया हाते व्याग, बालबालिकाहरुको भोटो, सट लगायतका सामग्रीहरु सिलाउन सक्ने  सहभागीहरुले बताए । रङ्गेली नगरपालिका भित्र रहेका सन्थाल समुदाय, ऋषिदेव र अतिविपन्न समुदायहरुलाई लक्षित गर्दे स्थानीय महिलाहरुका लागि यस्तो कार्यक्रम प्रदान गर्दै आईरहेको र आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिदै जाने नगरपालिकाले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...