News Portal

रंगेलीमा अतिविपन्न परिवारका लागि सिलाई कटिङ तालिम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२६३ पटक

असार-३, सोमबार/मोरङ – मोरङको रङ्गली नगरपालिकाले अति विपन्न परिवारका महिलाहरूका लागि सिलाई कटिङ तालिम सम्पन्न गरेको छ। गत बर्ष बेषिक कोर्ष र यस बर्ष एड्भान्स कोर्ष सम्बन्धी तालिम सम्पन्न गरेको हो।

नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम संचालन समेत गर्दे आईरहेको छ। सोही क्रममा चैत्र २५ गतेदेखि बैशाख-१६ गतेसम्म ४५ दिने  एड्‌भान्स सिलाई कटाई सीप विकास तालिमको एक कार्यक्रमको आयोजना गर्दे सम्पन्न गरेको हो। 

कार्यक्रमको प्रमुख अथिति रंगेली नगरपालिका प्रसाशकीय अधिकृत  ओमकार प्रसाद न्यौपाने, प्रशिक्षक निर्मला शाही, शान्ता पहाडी भट्टराई,  कमला सोरेन, पूजा मण्डलल,  मिना ऋषिदेव, रेषिता कुटु महिला लगायतको सहभागिता रहेको थियो।

तालिममा सहभागी मनिमा मुर्मुले भनिन् विगतका दिनहरूमा आफूहरूले घरमा बसेर जन मजदुर गरेर आफ्नो परिवार पालनपोषण गर्दै आएर आइरहेता पनि अहिले नगरपालिकाले यसरी सिलाई कटिङको तालिम दिएपछि आफूहरुले गाउँघरमाा बसेर  केही गर्न सकिन्छ भनेर सहभागी भएको उनले बताईन ।  

हामीले सुरुको समयमा सिलाई कटिङ गर्न जाँदा गाउँ घरमा मलाई हेर्ने नजर भिन्दै रहको भएता पनि आफूले सो कुराको कुनै प्रवाह नगरी  सिलाई कटिङ गरेको र अहिले आफूले आमतोला चोकमा एउटा सानो व्यवसाय समेत संचालन गरेको मनिकाले बताईन।

सहभागीहरुले ४५ दिनको अवधिमा  ब्लाउज, साया हाते व्याग, बालबालिकाहरुको भोटो, सट लगायतका सामग्रीहरु सिलाउन सक्ने  सहभागीहरुले बताए । रङ्गेली नगरपालिका भित्र रहेका सन्थाल समुदाय, ऋषिदेव र अतिविपन्न समुदायहरुलाई लक्षित गर्दे स्थानीय महिलाहरुका लागि यस्तो कार्यक्रम प्रदान गर्दै आईरहेको र आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिदै जाने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...