News Portal

  • मोरङको रंगेलीमा महिलाहरुलाई आत्मानिर्भर सीप मुलक तालिम

    रबिन्द्र बराल, मोरङ
    ३०७ पटक

    असार-२,आईतबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपालले रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सुरु गरेको छ ।

    संस्थागत विकास र दिगोपन भन्ने मुल नाराका साथ रंगेली स्थित पब्लिक उच्च माध्यमिक बिधालयमा एक कार्यक्रमको उद्घाटन गर्दे स्थानीय महिलाहरुलाई दक्ष बनाउन सीप मुलक तालिम दिन सुरु गरेको छ ।  

    गृह श्रमिक सृजनशिल महिला समाज नेपाल र टेवा धापा खेल संस्थाको सहयोगमा १५ दिने संस्थागत विकास र दिगोपनको लागि तालिम संचालन गरेको हो। उद्घाटन  कार्यक्रममा प्रमुख अथिति रंगेली नगरपालिककी उपमेयर भुमा पराजुली, विशिष्ट अतिथि वडा नम्वर-६ वडाअध्यक्ष  सुजित मण्डल, रंगेली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्का, पव्लिक बिधालयका प्रधानध्यापक अरविन कुमार साह, महिला समाज नेपालको अध्यक्ष शान्ता श्रेष्ठ, सचिव लक्ष्मी राय, कोषाध्यक्ष कविता नेपाल, वडासदस्य लगायतको सहभागीता रहेको  थियो। 

    कार्यक्रम प्रशिक्षक गोपाल तामाङले बाँसको  चोया तथा जराबाट आधुनिक सजावटका सामग्री निर्माण गर्न सकिने र महिलाहरुले सीप सिकिरे उक्त सामाग्री बिक्री वितरण गरेर महिलाहरुलाई आत्मानिर्भर बनाउन ठुलो सहयोग हुने र आफुले समेत उक्त पेशा बिगत ३० वर्षदेखि सोही काम गरेर घर परिवार पालनपोषण गर्ने सहज समेत भएको प्रशिक्षण तामाङले बताए ।

    अथितिहरुले महिलाहरुका लागि यस्तो कार्यक्रमले आत्मा बल बढाउन सहज हुने र घरमा मात्रै सिमित नभए र महिलाहरुले पनि पुरुष सरह काम गर्ने सकिने भएको हुनाले यस्तो कार्यक्रम गरेका आयोजकलाई धन्यवाद दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३ गतेको राशिफल

    आज असोज ३, २०८२ (सेप्टेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...

    विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न...