News Portal

फर्सडागी दोमाना सडकमा खाल्डा खुल्डी स्थानीय सरकार मुखदर्शक

रबिन्द्र बराल, मोरङ
२४० पटक

जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ९ स्थित फर्सडांगी चोकदेखि दोमाना जाने सडक खण्डको समयमा मर्मत सम्भार नहुँदा अहिले उक्त सडकमा खाल्ला खुल्डी पर्ने थालेको छ।

फर्सडागीदेखि दोमानासम्म करिब ३ किलोमिटर सडक खण्ड रहेता पनि नगरपालिकाले समयमै मर्मत नगर्दा प्रत्येक आइतबार र बिहिबार दोमाना बजार किनमेल गर्नेजाने र व्यापार गर्ने जानेहरुले सो सडक खण्डबाट सास्ति भोग्दै आईरहेका छन।

स्थानीय व्यापारीहरुले प्रत्येक साताको दुई दिन मोटरसाइकल र साना गाडीहरुमा सामान लिएर जाँदा गाडि पल्टने र फस्ने डर  हुने व्यापारी डम्बरवहादुर सुब्बाले बताए।  सो सडकको विभिन्न स्थानमा खाल्डा खुल्डि  भएपछि अहिले प्रत्येक आइतबार र बिहिबार दोमानामा व्यापार गर्दै आउने व्यापारी तथा स्थानीयहरुलाई आवतजावत गर्न समस्या एवम असहज भइरहेको व्यापारीहरु बताछन्।

स्थानीय सरकारले समयमै सो सडक मर्मत नगर्दा अब आउने बर्खायामा भने आवतजावत नै ठप्प हुने समेत व्यापारीहरुले बताएका छन। उक्त सडक निर्माण कार्यको ठेक्का लागेर विभिन्न स्थानमा कलभटको निर्माण कार्य सम्पन्न भएतापनि सडकमा भने कुनै पनि काम नभएपछि अहिले सो स्थान दिनप्रतिदिन बढिरहेको छ। सो विषयमा समयमै स्थानीय सरकारले ध्यान दिनु जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...