News Portal

फर्सडागी दोमाना सडकमा खाल्डा खुल्डी स्थानीय सरकार मुखदर्शक

रबिन्द्र बराल, मोरङ
२५३ पटक

जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ९ स्थित फर्सडांगी चोकदेखि दोमाना जाने सडक खण्डको समयमा मर्मत सम्भार नहुँदा अहिले उक्त सडकमा खाल्ला खुल्डी पर्ने थालेको छ।

फर्सडागीदेखि दोमानासम्म करिब ३ किलोमिटर सडक खण्ड रहेता पनि नगरपालिकाले समयमै मर्मत नगर्दा प्रत्येक आइतबार र बिहिबार दोमाना बजार किनमेल गर्नेजाने र व्यापार गर्ने जानेहरुले सो सडक खण्डबाट सास्ति भोग्दै आईरहेका छन।

स्थानीय व्यापारीहरुले प्रत्येक साताको दुई दिन मोटरसाइकल र साना गाडीहरुमा सामान लिएर जाँदा गाडि पल्टने र फस्ने डर  हुने व्यापारी डम्बरवहादुर सुब्बाले बताए।  सो सडकको विभिन्न स्थानमा खाल्डा खुल्डि  भएपछि अहिले प्रत्येक आइतबार र बिहिबार दोमानामा व्यापार गर्दै आउने व्यापारी तथा स्थानीयहरुलाई आवतजावत गर्न समस्या एवम असहज भइरहेको व्यापारीहरु बताछन्।

स्थानीय सरकारले समयमै सो सडक मर्मत नगर्दा अब आउने बर्खायामा भने आवतजावत नै ठप्प हुने समेत व्यापारीहरुले बताएका छन। उक्त सडक निर्माण कार्यको ठेक्का लागेर विभिन्न स्थानमा कलभटको निर्माण कार्य सम्पन्न भएतापनि सडकमा भने कुनै पनि काम नभएपछि अहिले सो स्थान दिनप्रतिदिन बढिरहेको छ। सो विषयमा समयमै स्थानीय सरकारले ध्यान दिनु जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...