News Portal

सुनचाँदी व्यवसायी संघ मकवनपुरद्धारा भन्सार दर वृद्वि खारेजीको माग

युवराज राई, हेटौंडा
३९६ पटक

जेठ-३२, शुक्रबार/हेटौंडा – मकवानपुर सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ  । संघले सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी भन्दै संघका अध्यक्ष पवनकुमार शाक्यद्वारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई ध्यानाकर्षण पत्र बुभाएको हो ।

बिहिबार ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष पवनकुमार शाक्य सहित संघका पदाअधिकारी व्यसायीहरु जिल्ला प्रशासन पुगेका हुन् । नेपाल सरकारबाट आ.व. २०८१ र ०८२ को भन्सार विधेयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको र मुलुक भरका सुनचाँदी पेशा व्यवसायी सँग प्रत्येक्ष रुपमा जोडिएको पत्रमा जनाइएको छ 

आ-आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आवश्यक पर्ने सुन जस्तो महत्वपूर्ण वस्तुमा निरन्तर रुपमा भन्सार दर वृद्धि भएकोमा ध्यानाकर्षण गराइएको संघका अध्यक्ष शाक्यले बताए ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...