News Portal

हेटौंडा अस्पतलालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजान खोजियो गलत- तरुण दल

युवराज राई, हेटौंडा
२७० पटक

जेठ-३२, शुक्रबार/हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन भन्दै विभिन्न व्यक्तीदेखि राजनीतिदलहरुले आवाज उठाइरहेको छन् भने तरुण दलले विज्ञप्ति नै जारी गर्दै विरोध गरेक छ।

हेटौंडा अस्पतलालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजान खोजिनु गलत हुन लागेको केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौंडा अस्पतालको अस्तित्व मेटाउन लागिएको भन्दै आपत्ति जनाई रहेका हुन् ।

पछिल्लो समयमा षड्यन्त्रपूर्वक ढंगबाट ऐन जारी गरी सदाको लागि हेटौंडा अस्पताललाई संघीय कानूनको बर्खिलाप जाने गरी बागमती प्रदेश सरकारबाट अस्पतालको चल, अचल मानव संशाधन लगायतका सम्पूर्ण सम्पती कब्जामा लिने काम भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नेता राजेश भेटवालले गएको आइताबार एक विज्ञप्ती जारी गरेको छन्।

नेपाल तरुण दल केन्द्रिय सदस्य भेटवालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा ऐनमा व्यवस्था गरेका विभिन्न दफाहरु संशोधन गरी निर्णय सच्चाउन र हेटौंडा अस्पताललाई हेटौंडा अस्पतालकै अस्तित्वको रुपमा कायम राख्न माग गरिएको छ । यता तरुण दल युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले पनि हेटौंडा अस्पतालको अस्तित्व कायम राख्न माग सहितको बिहीबार विज्ञप्ति जारी गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय अधिकांसले स्वीकार गर्न नसक्ने ढङ्गबाट केही गलत प्रक्रिया सूरु भइसकेका कारण गलत प्रक्रिया रोक्नु आम नागरिको कर्तव्य नै भएकाले एउटा इतिहास नै बोकेको हेटौंडा अस्पतालको अस्तित्व मेटन खोज्नेहरु विरुद्ध नझुक्ने महतले बताए।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...